पुरन रौनियार
जनकपुरधाम, बैशाख ४ : राहत वितरणमा कुनै तदारुकता देखाउन नसक्ने स्थानिय सरकार महामारी र जोखिमका वेला विलासीताको उत्कृष्ट नमुना प्रदर्शन गरेका छन् । धनुषाको हँसपुर नगरपालिका, जस्को मेयर र उपमेयर एउटै पार्टी राजपावाट रहेपनि उनीहरुको विवादका कारण करिव करिव १ वर्ष नै बिना काम समय व्यतित गरयो । नगरपालिकामा झडप, हवाय फायर सहित एकजनाको ज्यान समेत गएपछि मेयर र उपमेयर फरार हुनु सम्मको अवस्थाको सृजना उत्पन्न भयो र बल्ल शान्त भयो त्यो विवाद ।
तर अहिले कोरोना जस्तो विश्व व्यापी महामारीको वेला नगरभित्रका गरिव, दलित र अभाव भएकाहरु भोकले छटपटाइ रहेकावेला नगरपालिकाले गैर जिम्मेवारी किशिमले करिव एक करोडको सवारी साधन किन्नका लागि टेन्डर आवहान गरेको छ । जनकपुरधामवाट प्रकाशित हुने एक राष्ट्रिय अखवारको बैशाख ४ गतेको अंकमा टेन्डरको सुचना छापिएपछि स्थानिय सरकारको विलासिता उदाङ्गो भएको छ ।

यस विषयमा एसपी खवरले मेयर रामज्ञान मण्डललाई सम्पर्क गर्दा मेयर मण्डलले विज्ञापन प्रति अनभिज्ञता जस्तै प्रकट गरेका छन् । उनले यस्तो वेला आफुहरुले टेन्डर निकाल्न कुनै निर्णय नगरेको बताए । यद्यपि कामकारवाहीका लागि सवारी साधन आवयश्क रहेकाले लेखाशाखाले निकालेको हुन सक्ने उनको भनाई छ । त्यसपछि एसपी खवरले प्रमुख प्रशासकिय अधिकृत उमेश कुमार यादवलाई प्रश्न गर्दा उनले नगरसभाकै निर्णय अनुसार टेन्डर गरिएको बताउदै समय उपयुतm नभएपनि टेन्डरको समयावधी एक महिनाको हुने र लकडाउनको समय त्यो भन्दा बढी लम्बिए पुनः टेन्डरको समय थप्ने बताए ।
यो समय गाडी किन्ने हो कि जनता र नगरवासीको दुःख र समस्या हेर्ने हो भन्ने एसपी खवरको प्रश्नमा मेयर मण्डलले अहिलेको अवस्थामा टेन्डर निकालेर केहि भुल भएको स्वीकार गरेका छन् । सवारी साधन किन्न नै न मिल्ने समयमा टेन्डर आवहान गरेपछि नगर कार्यपालिकाको चर्को विरोध भइरहेको छ । विपक्षी दलका नेताहरु मेयर सहित कार्यपालिकाले यस्तो वेला वलासिताका लागि सवारी साधनको टेन्डर लाखौंको खर्चामा पत्रिकामा विज्ञापन निकालेर भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
अधिकृत यादवले टेन्डर समय सान्दिर्भिक नभएको बताउदै अव टेन्डर खारेज गरे पुन ः पत्रिकामा पैसा खर्च गरि विज्ञापन निकाल्नु पर्ने र त्यसले झनै अविश्वास बढने भन्दै लकडाउन रहुञ्जेल सम्म कुनै प्रक्रिया अगाडि नबढने बताए । मेयर मण्डलले लेखा परिक्षकको कार्यालयवाट एउटा परिपत्र आएपनि अहिलेको समयमा टेन्डर गर्न नमिल्ने किशिमको परिपत्र र निर्णय नभएकाले यस्तो गरिएको हुन सक्ने बताए । यद्यपि उनले पनि हतार भएको स्वीकार गरेका छन् ।