एसपी रिपोर्टर
जनकपुरधाम, साउन १९: जनकपुरधाम उपमहागनरपालिकाले सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्यको सन्दर्भमा सातबुँदे घोषणा गरेको छ ।
जनकपुरधाममा बिहीबार मधेश स्वास्थ्य निर्देशनालय,युएनएफपिए र लाइभ नेपालले गरेको गोष्ठीमा उपमहानगरपालिकाले यस्तो घोषणा गरेको हो । जसअनुसार पूर्ण सुरक्षित मातृत्व उपमहानगरपालिका बनाउन यसका सूचकहरूमा सुधार ल्याउनका लागि काम गर्ने, गर्भवती तथा सुत्केरी महिलाहरूसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुयाउन उपमहानगर भित्रका सबै स्वास्थ्य संस्थामा मानवीय स्रोत, उपकरण, औषधी, पिउने पानि र सरसफाइ लगायतका अन्य सेवाहरूको सुनिश्चिताका लागि काम गर्ने प्रतिबद्धना जनाइएको छ । त्यस्तै, शून्य होम डेलिभरीलाई अन्त्यगरी स्वास्थ्य संस्था तथा अस्पतालमा सुत्केरी गराउनका लागिप्रोत्साहित गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने उपमहानगरले जनाएको छ । परिवार नियोजनका पाँच वटै आधुनिक साधनहरू सबै स्वास्थ्य संस्थामा नियमित उपलब्धताको सुनिश्चितता गर्ने मातृ तथा शिशु मृत्युदर शून्य गर्न विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न, गर्भवती तथा सुत्केरी सेवाका लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने पनि घोषणा गरिएको छ । त्यसैगरी, उपमहानगरपालिका तथा वडाहरूले आफनो वार्षिक कार्यक्रम तथा बजेटमा पूर्ण सुरक्षित मातृत्व उपमहानगरपालिका बनाउन आवश्यक कार्यक्रम तथा बजेट तर्जुमा घोषणा गरिएको छ । कार्यक्रममा मधेश स्वास्थ्य निर्देशक विजयकुमार झा कुनै समय धनुषासहितका जिल्लाहरू सेवामा उत्कृष्त रहेपछि पछिल्लो समय अवस्था खस्किदै गएकोमा दुख व्यक्त गर्नुभयो ।
कार्यक्रममा लाइफ नेपालका अध्यक्ष सुरत ठाकरले सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्यको रोडम्याप बनाउन सहजताका लागि यो कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा नेपाल सुरक्षित मातृत्व र नवजात शिशुको स्वास्थ्य अवस्था, चुनौती र समाधानका उपायहरूबारे सहभागीहरूले छलफल गरेका थिए