एसपी रिपोर्टर
जनकपुरधाम, साउन १६ : विभिन्न चारवटा लायन्स र एक लियो क्लबको नयाँ नेतृत्वको एकैपटक सामुहिक पदस्थापन सम्पन्न भएको छ । जनकपुरधाममा आइतवार राती आयोजित एक समारोहका बिच पाँचवटै संस्थाको अध्यक्षहरुको सामुहिक रुपमै पदस्थापन गरिएको छ ।
लायन्स क्लव अफ जनकपुरधाम जानकीको अध्यक्षका रुपमा ला. अरुण साह, लायन्स क्लव अफ जनकपुरधामको अध्यक्षमा ला. गोपाल प्रसाद साह, लायन्स क्लव अफ जनकपुरधाम आस्थाको अध्यक्षमा ला. डा.निमा यादव र लायन्स क्लव अफ जनकपुरधाम राजधानीको अध्यक्षमा ला. अजय कुमार प्रसाद चयन भएका छन् भने लियो क्लव अफ जनकपुरधामको अध्यक्षमा लि. आकाश साह चयन भएका छन् ।
जुलाई १ २०२२ देखि जुन ३० २०२३ सम्म कार्यकाल रहने उनीहरुको एकैसाथ पदस्थापन गरिएको छ । लायन्स र लियो क्लवको विधि अनुसार क्लवका डिस्ट्रीक्ट गर्भनर डा. राजेन्द्र गिरीले उनीहरुको एक पदस्थापना गराएका छन् । ति क्लवहरु जनकपुरधाममा विभिन्न परोपकार, समाजिक गतिविधीका कार्यक्रमहरु गर्दै आएका छन् ।
कार्यक्रममा मधेश प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री, जनकपुरधामका प्रमुख मनोज कुमार साह, उपप्रमुख किशोरी साह, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ सहित विभिन्न क्षेत्रका अगुवाहरुको उपस्थिती थियो ।