एसपी रिपोर्टर
जनकपुरधाम, साउन ११ : मधेश सरकारलाई सेवाकालिन तालिम दिन नेपाल ईन्जिनियर्स एशोसिएसनले जोडदार मांग गरेको छ । एशोसिएसनका अध्यक्ष ई. गौरी पण्डितको नेतृत्वमा एशोसिएसनका पदाधिकारी सहित सदस्यहरुको समुहले मधेश प्रदेश सरकारका प्रमुख सचिव तथा मधेश सरकार भौतीक पुर्वाधार विकास मन्त्रालयक सचिवलाई ज्ञापन पत्र बुझाउदै सेवाकालिन तालिम प्रदान गरि प्रदेशका प्राविधिकहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।
मधेश प्रदेश सरकारको भौतीक पुर्वाधार विकास मन्त्रालयले स्तर वृद्विका लागि दरखास्त आहवान गर्न सुचना जारी गर्दा कम्तिमा ३० दिनको सेवा संग सम्बन्धित विषयमा सेवाकालिन तालिम प्राप्त गरेको प्रमाणपत्र अनिवार्य भनेर मापदण्डा तोकिएको तर ईन्जिनियरिङ्ग सेवाको शिभिल समुहतर्फ यस मधेश प्रदेश सरकारले हाल सम्म ३० दिने कुनै पनि सेवाकालिन तालिम सञ्चालन नगरेको भन्दै एशोसिएसले गुनासो गरेको छ ।
ज्ञापन पत्रमा एशोसिएसनले सो तालिमका लागि मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय तथा भौतीक पुर्वाधार विकास मन्त्रालयलाई समेत पटक पटक लिखित तागेदा गरेपनि सरकारले सेवाकालिन तालिम नदिएपछि अहिले ९५ प्रतिशत भन्दा बढि कर्मचारीहरुको स्तर बृद्वि रोकिएकाले सम्बन्धित कार्यालय गैरजिम्मेवार देखिएको एशोसिएसनले ठहर गरेको छ । सेवाकालिन तालिमको यथासिघ्र व्यवस्था नगरि बेवास्ता गरिए एशोसिएसन चरणवद्व रुपमा आन्दोलन गर्न बाध्य हुने एशोसिएसनका सभापती ई. पण्डित र सचिव ई. राम नारायण यादवद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।