एसपी रिपोर्टर
जनकपुरधाम, साउन ७ : मधेस प्रदेशको राजधानी जनकपुरधामबाट १६ किलोमिटरको दुरिमा रहेको धनुषाको प्राचीन देबभुमि धनुषाधाम स्थित धनुषमन्दिर/बाणगंगा क्षेत्र संरक्षण तथा साप्ताहिक सरसफाइ अभियान छैटौं सप्ताह पार गरेको छ । शानिवार आयोजित सफाई कार्यक्रममा सहभागि प्रदेश सांसद तथा सफाई अभियन्ता रामअशिष यादवले यस्ता अभियान ऐतिहासिक अभियान भएको भन्दै यसमा सबैलाई जोड्नुपर्ने बताएका छन् ।

उनले अभियान प्रभावकारी बनाउन गाउ गाउँ र टोल टोलका स्कुल, नागरिक समाज सहितकालाई सहभागी गराउनुपर्ने बताए । धनुषाधाम जस्तो पबित्र भुमि यो संसारमा अरु कतै नभएको र आराधय देवभुमी दर्शन गर्न वाहिरबाट बसको बस मान्छे ओर्लिने गरेकाले यस्को सफाई र सौन्दर्यकरण आवयश्क रहेको उनको भनाई थियो । कार्यक्रममा अभियानका संयोजक प्रमोद कुमार यादवले हाम्रो एक घण्टाको श्रम दानले अभियान ऐतिहाँसिक पुनित कर्ममुखी बनाएको महसुस भएको बताए ।

ऐतिहासिक एवं महान पवित्र कर्मयोद्धाहरुको महासंगमले थोपा रूपी जल सागरको रूपमा रूपान्तरित एक अध्यायको शुरुवात जस्तै रहेको उनले बताए । सांसद यादवको हातबाट बाणगंगा नदी क्षेत्रमा बृक्षारोपण गरि पुनित कार्यको थालनी तथा स्व्च्छता अभियानको प्रेरणादयिक मार्गदर्शनको काम भएको भन्दै यस अभियानलाई पर्यावरणमैत्री सरसफाइ अभियानमा रुपान्तरण भएको बताए ।
पबित्र हिन्दु ग्रन्थ रामायणमा जिवित वर्नित प्राचीन धार्मिक, सांस्कृतिक सम्पदा–धरोहर अराधय देबभुमि धनुषाधाम तथा तपोभुमिमा अवस्थित प्राकृतिक, पुरातात्त्विक, अध्यात्मिक अनुष्ठाण वाणगंगा (लक्ष्मण सरोवर)लाई सरसफाइ एवं सौन्दर्यकरण सप्ताहि सरसफाइ अभियानको छैठौ सप्ताहमा जनजाति कल्याण आश्रम नेपालद्वारा संचालित जनक छात्रवास जनकपुरधामका अध्यक्ष कृष्णा दिक्षि, जनकपुरधाम उधोग वाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह सहित सहभागी भए ।

साथै भुषण यादव, उमेश भण्डारी, दुर्गेश यादव, दुर्योधन महतो, प्रेस मंच नेपाल मधेस प्रदेश अध्यक्ष एवं रेडियो धनुषका संचालक पत्रकार मुकेश कुमार ठाकुर, सुनिल कापर, डा.अनिल यादव, शत्रुधन यादव, अजित यादव, शान्ति देवी साह, भगवान तत्त साह, निलु शर्मा, उषा मण्डल, रेखा मण्डल, मिना साह मन्जु, सिबो मण्डल, प्रमिला साह लगायतका दर्जनौ अभियानीहरुक्को सहभागितामा धनुषमन्दिर/वाणगंगा संरक्षण तथा साप्ताहिक सरसफाइ अभियानको छैठो सप्ताह सम्पन्न भएको हो ।