एसपी रिपोर्टर
जनकपुरधाम, असार २० : मलखादको मांग गर्दै धनुषाको नगराइन नगरपालिकाकका किसान आन्दोलनमा उत्रेका छन् । सोमदिन लोकतान्त्रिक समाजवादी पार्टीको भ्रातृ संगठन लोकतान्त्रिक किसान संघकका अध्यक्ष गणेश साहको नेतृत्वमा विरोध प्रदर्शनको साथै किसानहरुले ज्ञापनपत्र बुझाएका छन् ।
संघमा आबद्ध प्रतिनिधि सहितका किसानहरु मेयर विनोद कुमार यादव मार्फत उपमेयर राधादेवी यादवलाई ज्ञापनपत्र बुझाएका छन् । उनहरु मलखाद, विउबिजन उपलब्ध गराउनु पर्ने सहितका सात बुन्दे मांग राखेर नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । मलखाद नभएकाले किसानहरुलाई धेरै समस्या भोग्न परिरहेको विरोधमा सहभागीहरुले बताए । उनीहरु सरकार किसानको समस्या माथी उदासिन बनेको आरोप समेत लगाएका थिए
उनीहरु नगराइन नगरपालिकामा बिना शर्त खाद र विउविजन उपलब्ध गराउनुपर्ने, कृषि उत्पादन र उत्थानका लागि कृषि विशेषज्ञ र प्रतिनिधिबीच समिति बनाएर नगराइन नगरपालिकामा नगर कृषि कार्यक्रमका नमूना तयार गरि १५ दिन भित्र सार्वजनिक गर्नुपर्ने, पशुपन्छी पालनका लागि पशुपन्छी इलाज खर्च प्रदान गर्नुपर्ने, बजार हाट निर्माण गर्नुपर्ने, कोल्ड स्टोरको व्यवस्था गर्नुपर्ने, कृषि मेलाको आयोजना गर्नुपर्ने, गरिब तथा असहाय कृषका लागि सहयोग रकम उपलब्ध गराउनुपर्ने , नि:शुल्क रूपमा बोर्ङिङ उपलब्ध गराउनुपर्ने र कृषि बिमा लागू गर्नुपर्ने सहितका मांग अघि सारेका छन् ।


