FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

घर परिवारमै सिमिति भयो यस वर्षको जुडशितल, देखियो पृथक तरिका पनि

घर परिवारमै सिमिति भयो यस वर्षको जुडशितल, देखियो पृथक तरिका पनि

एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २ :
बैशाख २ गते मधेशमा आज जुडशितल पर्व मनाईदै छ । यस पर्वमा अभिभावक लगायत परिवारका अग्रज सदस्यले आफु भन्दा सानाहरुको शिरमा जल छर्केर आशीर्वाद दिने परम्परा छ । यसरी सानाको शिरमा जल थपथपाउनुलाई जुराउनु पनि भनिन्छ । शिरमा जल थपथपाएर वर्ष भरि जुराउनु अर्थात शितलता प्रदान होस भने आर्शिवाद प्रदान गरिन्छ ।
साथै समाजका अग्रजहरुले छरछिमेकका सानाहरुलाई पनि आर्शिवाद दिने भएपनि यस वर्ष कोरोना भाइरसको जोखिम र त्रासका कारण सर्वसधारण घर घर भित्रै रहन बाध्य भएकाले त्यसो हुन सकेन । समाजिक दुरी कायम गर्नु पर्ने भएकाले सवैले आ–आफनै घर परिवार भित्रका सदस्यहरुलाई मात्र शिरमा जल थपथपाएर यो पर्व मनाएका हुन ।

जुडशितल पर्वका दिन मधेशको हरेक घरमा सोहिजनको तरकारी, तरुवा, बघरुवा, करहीबरही, भुजुवा, आँप टिकुलाको चटनी वा तरुवा, पापड लगायत विभिन्न व्यन्जन तयारी गरि भान्सा घरको चुल्हालाई भगवान विष्णुको रुपमा पुजाआजा गर्ने गर्छन । आजको दुवै छाकका लागि पाकेका सम्पुर्ण ब्यजनले पुजापाठ सकेपछि मात्र भोजन गर्ने चलन छ ।

विहान पाकेको भोजन आज साँझ पनि खाएर भान्साको चुल्हा सहितका सरसमानलाई एक दिन आराम गर्न दिएर जुराउने परम्परा रहेको छ । आजका दिन शिरमा जल राखी आशीर्वाद दिंदा वर्षभरी शितलता, शान्ति र समृद्धि आउने जनबिश्वास रहेको पाईन्छ । यतिबेला कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ । त्यसैले यसवर्ष जुडशितलमा अग्रजले आफूभन्दा सानालाई कोरोना भाइरस बाट रक्षाको कामना गर्ने गरेका छन ।

आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने चौपाया (गाईवस्तु) नुहाउने समेत परम्परा रहेको छ । अत्याधिक गर्मी र सूर्यको तापबाट आकुल व्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान होस भन्ने नै पर्वको मूल उद्देश्य रहेको छ ।

यस्तो पनि देखियो अग्रजले सानालाई जुराउने कायदा

लकडाउन र कोरोनोको भय त्रास तथा जोखिमका वेला जुडशितल परेकाले आफु भन्दा सानाको शिरमा प्रत्यक्ष हात हालेर जल छर्न नपाइएपछि केहिले लठ्ठीमा ग्लास सहितको भाँडा बाँधेर पनि शिरमा जल हालेर आर्शिवाद दिएको देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

7 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

7 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

9 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

12 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy