एसपी रिपोर्टर
जनकपुरधाम, असार १५ : जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयको प्रिस्कूल दिक्षान्त समारोह भव्यताका साथ सम्पन्न भएको छ । समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले नगरभित्रका शैक्षिक संस्थाहरुलाई अझ बढी प्रभावकारी बनाउनु पर्ने महशुस आफूले गरेको बताए ।
साहले विद्यार्थीलाई उच्चस्तरीय शिक्षा प्रदान गर्न चाहिने आवश्यक सहयोग मोनाष्टिकले गरिरहेको कार्य सराहनीय रहेको भन्दै प्रशंसा गरेका थिए । साहले गुणस्तरीय शिक्षामा संस्थागत विद्यालयहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले संस्थागत विद्यालय र सामुदायिक विद्यालयबीच विभेद गर्न नहुने पनि बताए ।
समारोहमा विद्यालयका प्रबन्ध निर्देशक डा. सोनु साहले बालबालिकाको सर्वाङिग विकासलाई ध्यानमा राखी शिक्षा दिनुपर्ने आजको आवश्यकता रहेको बताएका थिए । समारोहमा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीलगायतको उपस्थिति थियो । यूकेजीबाट कक्षा १ मा प्रवेश गरेका प्रिस्कूलका २ सय २० बालबालिकाको सहभागिता रहेको दीक्षान्त समारोहमा बालबालिकाहरूले विभिन्न प्रस्तुतिहरू दिएका थिए । नगरप्रमुख साहले बालबालिकाहरुलाई प्रमाण–पत्रसमेत प्रदान गरेका थिए ।