एसपी रिपोर्टर
जनकपुरधाम, असार १० :
मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाले अगामि आर्थिक वर्ष २०७९/०८० का लागि कुल १ अर्व ८० करोड ७१ लाख ४५ हजारको बजेट ल्याएको छ । जनकपुरधामको उद्योग बाणिज्य संघको राजर्षिजनक सभाहलमा नव निर्वाचित मेयर मनोज कुमार साह र उपमेयर किशोरी साहले आठौं नगरसभाको आयोजना गरि सो परिमाणको बजेट प्रस्तुत गरेको हो । सभामा उपप्रमुख साहले बजेट बक्तब्य प्रस्तुत गरेका थिए ।

सभामा उपमहानगर प्रमुख मनोज कुमार साहले निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बजेटमा सवै भन्दा बढि समाजिक विकास तर्फ ६७ करोड, पुर्वाधार विकास तर्फ ६४ करोड, सुशासन तथा संस्थागत विकास तर्फ ४९ करोड र आर्थिक विकास तर्फ ४ करोड बजेट बिनियोजन गरिएको छ ।

सभामा उपस्थित प्रदेश सांसद परमेश्वर साहले यस अघिका सरकारका प्रतिनिधीहरुले रातराती विभिन्न चतुराय प्रयोग गरि औठा छाप लगाएर नगरसभा गर्ने गरेको बताउदै सुशासनका लागि हरेक गतिविधी पारदर्शी र कानुनसमत हुनुपर्ने बताए । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरु सहितको उपस्थिती थियो ।