एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३१ :
महिला पत्रकारहरुको क्रियाशिल संस्था सञ्चारिक समुह नेपालको मधेश प्रदेश प्रादेशिक समिति गठन गरिएको छ । महोतरीको बर्दिवासमा आयोजित समुहको प्रादेशिक भेलाबाट महोतरीकी हेम कुमारी बराल सुनिताको अध्यक्षतामा मधेश प्रदेश समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा सप्तरीकी सुधा देव, महासचिवमा सिरहाकी यमुना खनाल, सचिवमा पर्साकी कविता खडका र कोषाध्यक्षमा धनुषाकी चाँदनी झा रहेकी छन् । त्यसै गरि समितिको सदस्यहरुमा बिना राउत रौतहट, निलिमा पौडेल पर्सा र रिना आले सर्लाही रहेकी छन् ।

कोषाध्यक्षमा चयन भएकी झा एसपी खवरकी संवाददाता समेत हुन ।