एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २९ : जनकपुरधाममा अगामि जेठ ३० र ३१ गतेउच्च शिक्षाका लागि दुई दिने बृहत् भारतीय शैक्षिक मेला आयोजना हुने भएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा बिहान १० बजेदेखि एसके इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को आयोजना र वाइडरेन्ज कन्सलटेन्सी नेपाल तथा द नलेज नेटवर्कको सहयोगमा सो शैक्षिक मेला आयोजना हुन लागेको हो ।
सो बृहत् भारतीय शैक्षिक मेलामा भारतका प्रख्यात विभिन्न २० वटा विश्वविद्यालय र कलेजका प्रतिनिधीहरुको उपस्थिती रहने छ । सो कलेजहरुमा पढाइ हुने इन्जिनीयरिङ्ग, नर्सिङ्ग, म्यानेजमेन्ट र मेडिकल लगायतका विषयमा नेपाली विद्यार्थीलाई दिइने सेवा सुविधा र विशेषता बारे एकै ठाँउमा जानकारी दिइने उद्देश्यले आयोजना हुन लागेको वाइडरेन्जका सुनिल साहले एक पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिए ।
उनका अनुसार शैक्षिक मेलामा सहभागी हुने २० वटा सरकारी, निजी विश्वविद्यालय र कलेजहरूका विद्यार्थी तथा अभिभावकहरूलाई भारतबाट आएका सम्बन्धित कलेज तथा विश्वविद्यालयका डाइरेक्टर र प्रिन्सिपलहरूले आ आफ्ना कलेज तथा विश्वविद्यालयमा दिइने सेवा सुविधा तथा गुणस्तरीयता बारे जानकारी दिनेछ ।
विगत १२ वर्षदेखि आयोजना हुँदै आएको सो भारतीय शैक्षिक मेलामा यश पटक दुई हजारभन्दा बढी विद्यार्थी तथा अभिभावकहरू सहभागी हुने अपेक्षा गरिएको साहले बताए । सो शैक्षिक मेलामा भारतका एमएम युनिभरसिटी, रूङ्गटा ग्रुप अफ इन्स्टिच्युट, अतरिया इन्स्टिच्युट अफ टेक्नोलोजी, बिएमएससीई, कलिङ्गा इन्स्टिच्युट अफ इण्डष्ट्रिज टेक्नोलोजी, गीता युनिभर्सिटी, पिमप्री चिनच्वान्द कलेज अफ इन्जिनियरिङ, गुरु नानक इन्स्टिच्युट र आरके युनिभर्सिटी लगायतका विश्वविद्यालय कलेजहरूको सहभागिता रहनेछ ।
त्यस्तै श्रद्धा युनिभर्सिटी, जीआईएस युनिभर्सिटी, सोना कलेज अफ इन्जिनियरिङ, दून बिजनेश स्कुल, आदित्य ग्रुप अफ इन्स्टिच्युट, बिरला इन्स्टिच्युट अफ टेक्नोलोजी र एनआरआई ग्रुप अफ इन्स्टिच्युसन सहितका भारतका प्रख्यात तथा गुणस्तरीय विश्वविद्यालय र कलेजहरूले समेतले सहभागिता जनाइरहेको साहले बताए ।