एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २६ : मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले निराशावादी भएर समाचार नलेख्न पत्रकारहरुलाई आग्रह गरेका छन् । जनकपुरधाममा मेडिया काउन्सिल मधेश प्रदेश समितिले आयोजना गरेको पत्रकार तथा सञ्चार माध्यम आचार संहिता मधेश प्रदेश २०७९ सार्वजानिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेश सरकार सञ्चारजगतको वृतिविकासका लागि गरिरहेको गतिविधी र कामहरुलाई मात्र नाकारात्मक नभई साकारात्मक तरिकाले पनि हेर्न आग्रह गरेका छन् ।
बुधवार प्रदेश सरकारको सञ्चार ऐनमा संसोधनको प्रस्ताव समेत दर्ता गराएका मन्त्री साहले सञ्चारजगतको सुधारका लागि आफु प्रयासरत रहेको बताउदै अझै कुनै संसोधनका लागि सुझाव भए ल्याउन आग्रह गरेका छन् । मन्त्रालय मातहतका विभिन्न संस्थाका पदाधिकारीहरुले राजिनामा दिए मात्र कार्यकाल सम्पन्न हुने व्यवस्था ठिक नभएको भन्दै मन्त्री साहले आचारसंहिता विपरित र कार्यविधी वाहिर गएर काम गर्ने पदाधिकारीलाई समेत निकाल्ने गरि ऐन संसोधन हुने बताए ।
कार्यक्रममा सञ्चारउद्यमीहरुले आचार संहिता बनाउदा आफुहरुसंग छलफल नगरेको गुनासो गरेका थिए भने पत्रकारका अगुवाहरुले लोककल्याणकारी विज्ञापन वितरणको प्रक्रिया पुरा नभएको भन्दै दु:ख व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका विभिन्न जिल्लाका अध्यक्षहरु, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव सहितकाले आ आफनो धारणा राखेका थिए ।
मिडिया काउन्सिल मधेश प्रदेशले पत्रकार र सञ्चार जगत लक्षित गरि बनाएको आचार संहिता कार्यक्रमका बिच जारी गर्दै सार्वजानिक गरिएको छ ।