एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १२ : युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
झाले परिषद्मा इन्टर्नसिप आएकी एक युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बन गरी कारबाही प्रक्रियालाई अगाडि बढाएको परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए । युवतीले दुर्व्यवहार भएको भन्दै परिषद्मा निवेदन दिएकी थिइन् । सो निवेदनका आधारमा सोधपुछ गर्दा घटना पुष्टि भएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्ले जनाएको छ ।