एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३० : लकडाउनको २० औं दिन गरिव विपन्न तथा अभिभावक नरहेकाहरुको पिडा दर्दनाक छ । यस्तो अवस्थामा प्रदेश सरकारले पालिकाहरुको लागि पठाएको खाद्यान्न राहत वितरणको काम समेत कार्यविधी निर्माण त यो त्यो वाहानामा हुन नसक्दा लक्षित समुदाय तिनको सरकारको महशुस गर्न सकिरहेको अवस्था छैन । यस्तोमा महोतरीवाट राजपाकी प्रदेश सांसद सुरिता साहले कार्यविधी व्यवहारिक बनाउनु पर्ने बताउछिन् ।
एसपी खवरसंग कुराकानी गर्दै पुर्व संघिय सञ्चार राज्यमन्त्री समेत रहेकी सांसद साहले एक त कार्यविधी बनाउन ढिलो हुनु र अर्को तिर कार्यविधी व्यवहार भन्दा पनि विवाद नहोस भन्ने अभिप्रायले बनाउनुले कतिपय अभाव भएकाहरु छुटन सक्ने अवस्था रहेको बताइन् । क्षेत्रको पालिकाहरुमा पुगेर बुझेकी सांसद साहले गरिव विपन्न र दलित जातहरुका साथ साथै अभिभावक विदेश रहेका, किसानी मात्र गर्ने, एकल महिला सहितकाहरु सवै जातमा रहेकाले उनीहरुको अभाव र समस्यालाई समेत जोडन सके राम्रो हुने बताए । यद्यपि उनले पनि चुनौती र विवाद हुन सक्ने सम्भावना भने रहेको बताइन । उनले घरमा रहेकाहरु त्यस्ता सर समान नलिएर वास्तवमै अभावमा रहेकाहरुलाई सहयोग गर्नुपर्ने बताइन ।
विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमण सक्दो रोक्ने उद्देश्यले प्रदेशसभा सांसद साह समेत आफनो क्षेत्रमा केहि सरसफाइका समाग्री वितरण गरेकी छन् । क्षेत्रको विभिन्न स्थानमा पुगेर सांसद साहले अभाव देखिएको क्षेत्रमा आफनो निजी तलववाट साबुन र पानीको ड्रम विभिन्न स्थानमा हात धुन राख्न लगाएकी हुन ।
साथै उनले लक डाउनका कारण क्षेत्रमा भइरहेको समस्याका विषयमा समेत स्थानियवासीहरु संग बुझेकी छन् । साहले अहिले संक्रमणको साईकललाई तोडनका लागि एक मात्र विकल्पको रुपमा रहेको लड डाउन सफल बनाउन सर्वसधारणहरुलाई आ आफनो घरमा बसेर सहयोग गर्न समेत आग्रह समेत गरिन । उनले अहिले भाईरसको प्रकोप बढिरहेको र यसको एक मात्र उपचार समाजिक दुरी कायम गर्दै सरसफाईमा ध्यान दिनु रहेको बताईन ।
प्रदेश सभा सदस्य साहले आम जनताहरुलाई सफाई प्रति जागकरु बन्न आग्रह गरिन । स्थानीयतहका जनप्रतिनिधिहरु संग भेटेर उनले प्रदेश सरकार द्वारा उपलब्ध गराइएको राहतको सहि सदुपयोग गर्दै प्रदेश सरकार द्वारा दिइएको निर्देशन बमोजिम उपलब्ध गराउन निर्देशनात्मक अनुरोध गरिन ।