जनकपुरधाम, बैशाख १६:
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा जसपाका तर्फबाट उम्मेदवार रहेका शत्रुधन साहले आफनो चुनावी अभियानलाई तिव्रता दिएका छन । साहले आज देखि आफनो चुनावी अभियान तथा घर दैलो कार्यक्रमको सुरुवात गरेका छन । स्थानिय मतदाताहरुको घर घरमा पुगेर साहले आफुले गरेको कामको विषयमा जानकारी दिएका छन । उहाले आफनो जनताको रहेक सुखदुखमा साथ दिएको बताउदै कोरोना काल देखि जाडोको समयमा आफनो स्रोतसाधन सहित काम गरेको बताउनुभयो । निवर्तमान वडा अध्यक्ष समेत रहेका साहले आफु वडा अध्यक्ष हुदा आफनो वडामा सफाई लगायतका कामहरु गरेको जानकारी दिए । उहाले जनताको मन जित्ने गरि काम गरेको बताउदै जनताको रहेक सुखदुखमा आफुले साथ दिएको बताउभयो  । साहले आफनो कामबाट जनता जानकार रहेको बताउदै सिमित साधन स्रोतमा समेत आफुले जनताको मन जित्ने काम गरेको र आफनो दिनमा अझ राम्रो काम गरेर वडालाई जनकपुरकै नमुना वडा बनाउने बताउनुभयो ।