जनकपुरधाम, वैशाख ८ :
जनकपुरधाम उमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका बलराम महतो जनकपुरधाम उपमहानगरको वडा वडा पुगेर स्थानीय मतदातासंग मत माग्न व्यस्त देखिएका छन् । स्थानीय तह निर्वाचनको मिति जति जति नजिकिदै गईरहेको छ महतोले घरदैलो कार्यक्रम समेत त्यही गतिमा तीव्रता दिएका छन् ।
यसैक्रममा महतो जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ८ बलवा टोल र वडा नम्बर २० देवपुरा रुपैठामा घरदैलो कार्यक्रम गरेका हुन् । वडा वडामा जनता माझ पुगिरहेका महतोले जनकपुरधाम उपमहानगरको विकासमा राजनीतिकरण भईरहेकाले आफू स्वतन्त्र रुपमा विकासकै लागि आएको भन्दै मतदातालाई रिझाउने प्रयास गरिरहेका छन् ।
मतदाताहरु समेत उपमहानगरको वर्तमान कार्यशैलीप्रति असन्तुष्ट रहेको गुनासो महतोलाई सुनाएका थिए । मतदाताहरुको मन बुझ्ने प्रयासको रुपमा समेत महतोले घरदैलो कार्यक्रमलाई प्रयोग गरिरहेका छन् ।
मतदाताहरुले उपमहानगरमा भ्रष्टाचार बढ्दै गईरहेको असन्तुष्टि सुनाएपछि उनले आफू नगरप्रमुखमा निर्वाचित भए भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता अपनाउने प्रतिवद्धता व्यक्त गरे । महतोले उपमहागरलाई वर्तमान नगरप्रमुख जस्तै कार्यकर्ता भर्तिकेन्द्र बनाउनुभन्दा वडा वडालाई विकासको काममा सक्रिय बनाउने बताए ।
राजनितिक दलका नेताहरु जनता ठग्न समाजसेवा गर्न चाहनेलाई पनि विभिन्न आरोप लगाउने गरेको बताउदै उनले आफनो नजिकको सरकारको मुखिया कस्तो छान्ने भन्ने कुरा जनताले बुझिसकेका छन् । त्यसैले आफू नगरप्रमुखको कुर्सी सम्हालेर उपमहानगरको विकासका लागि निस्वार्थ भावले केही गर्न खोज्ने आफ्नो सपना रहेको बताए ।