जनकपुरधाम वैशाख ७ : जनकपुरधाम उमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बलराम महतोले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।
यसैक्रममा बुधबारबाट महतोले जनकपुरधाम वडा नं. १९ शिवपुर पुगेर घरदैलो गरेका छन्।
उम्मेदवार महतोले आफूसंग विकास निर्माणका लागि बजेट ल्याउने र कार्यान्वयन गर्ने राम्रो अनुभव रहेको भन्दै अवसर पाए जनकपुरधामको कायापलट गर्ने दाबी गर्नुभयो । उनले विगतमा भएको जनकपुरधामको दुर्दशा हेरेर आफू सहन नसकेर उम्मेदवारी घोषणा गरेका बताए ।
महतोले आफू विजयी भए वडाहरूलाई अधिकार सम्पन्न बनाउने बताउनुभयो । आफैले सबै अधिकार राखेर उपमहानगरपालिकामा मेला लगाउने काम आफूले नगर्ने पनि दाबी गर्नुभयो । जउनपा उनले जनकपुरधामको पुरानो समस्याका रूपमा रहेको फोहर व्यवस्थानमा र ल्याण्डफिल्ड साइडको अभावलाई पहिलो प्राथमिकतामा राखेको पनि बताए ।