जनकपुरधाम, बैशाख ५: मधेस प्रदेश पाँच दलीय गठबन्धन जिल्ला अध्यक्षहरूसँग छलफल गर्ने भएको छ । आइतबारदेखि सुरु भएको गठबन्धनको बैठक स्थगित गरेर गठबन्धनले प्रदेशका आठवटै जिल्लाका अध्यक्षहरूसँग छलफल गर्ने भएका हुन् ।जिल्ला अध्यक्षहरूसँग पालिकाको अवस्था बुझ्न छलफल गरिने जनाइएको छ । गठबन्धनको बैठक नेपाली काँग्रेस मधेस प्रदेश कार्यालयमा बस्ने बैठकमा जिल्ला अध्यक्षहरूसँग दुई चरणमा छलफल गरिने नेकपा माओवादी केन्द्र मधेश प्रदेश इन्चार्ज गणेश साहले जानकारी दिए ।तालमेलको मोडालिटी टुंगो लगाउनु अघि जिल्ला अध्यक्षहरूसँग छलफल गरिन लागिएको जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवले बताए । उनले आइतबारदेखि बसिरहेको प्रदेश पदाधिकारीको बैठकमा नेताहरुले जिल्लागतरुपमा आ-आफ्नो पार्टीको अवस्थासहितको दावी प्रस्तुत गरिएको बताइएको छ । जिल्लाका अध्यक्षहरूसँग छलफल गरेर मंगलबारसम्म निष्कर्षमा पुगिने अध्यक्ष यादवले बताए । सभार-राताेपाटी