जनकपुरधाम, बैशाख ४ : आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनकालागि विभिन्न राजनीतिकले उम्मेदवारका लागी जोडतोडका साथ कसरत गरिहेका छन् ।कतिपय राजनीतक दलले आफनो उम्मेदवार समेत टुङ्गो लगाइसकेको छ । यसै क्रममा नेपाली कांग्रेस जउनपा ७ वडा कमिटीले अध्यक्ष पदका लागी एक जनाको नाम सर्वसम्मत बाट सिफारिस गरेका हुन । नेपाली कांग्रेस वडा नम्बर ७ स्तरीय बसेको बैठकबाट सर्वसम्मतले वडा अध्यक्षमा निरज कुमार साह(मुन्ना)को नाम सिफारिस गरेको हो । चैत २१ गते वडा कमिटीको बसेको बैठकबाट वडा अध्यक्ष पदका लागी तीन जनाको नाम सिफारिस गरिएको थियो । पहिलो बैठकमा निरज कुमार साह, श्याम साह र निर्माला देवीको नाम वडा अध्यक्षका लागी सिफारिस गरिएको थियो ।वडा कमिटीको बैशाख ३ गते बसेको दोस्रो बैठकबाट वडा अध्यक्षमा निरज कुमार साह(मुन्ना)को नाम सर्वसम्मतबाट सिफारिस गरी पठाइएका छन् । बैठकमा वडा सभापति श्याम साह, निर्माला देवी,रामनारायण पाठक,वजरंग साह, फेकन साह,राम एकवाल साह, अनिता श्रीवास्तव, प्रमोद श्रीवास्तव लगायत समितिका सम्पुर्ण पदाधिकारी अध्यक्ष पदका उम्मेदवार चयणका लागी साहको नाम सर्वसम्मतीबाट सिफारिस गरी पठाइएको हो । साह जनकपुरधामका एक असल र लोकप्रिय युवा हुन । उनी जनकपुरधाम उद्योग वाणिज्य संघमा सम्मान जनक मत ल्याई सदस्य पदमा निर्वाचित भएका थिए ।
साह २०११ मा जनकपुर जेसीजको उपाध्यक्ष,श्री राम युवा कमिटीको निर्देशक,राम जानकी युवा कमिटीको वर्तमान निर्देशक,भैरव युवा कमिटीको भूपू अध्यक्ष, शिव युवा कमिटीको सल्लाहकार लगायत विभिन्न समाजिक संस्थामा आवद्ध छन् ।