एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २१ :
नेपाल पत्रकार महासंघ धनुषाले धनुषाका पत्रकारहरुसंग होलीको शुभकामना आदान प्रदान गरेको छ । महासंघको सभाहलमा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीको विशेष उपस्थिती र महासंघ धनुषाका पुर्व अध्यक्षहरुको उपस्थितीमा धनुषाका पत्रकारहरु होलीको शुभकामना आदान प्रदान गरेका छन् ।

सो अवसरमा एक अर्कालाई अविर लगाएका पत्रकारहरु आफना व्यवसायीक, दायित्व, पेशा, मर्यादा र कमीकमजोरीका बारेमा पनि चर्चा गरेका थिए । होली पर्व सदभाव र भाइचाराको पर्व रहेकाले प्रतिस्पर्धाको यस युगमा होलीले एक अर्का बिचको इष्र्या, डाह सहितको नकारात्मक भावनाको अन्त्य गरि सदभाव र भाइचाराको निर्माण गरोस भनेर शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अशोक रौनियार, महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण, महासंघ धनुषाकी अध्यक्ष मनिका झा, वरिष्ठ पत्रकारहरु विएम खनाल, पुर्व अध्यक्ष उमेश साह, अनिल मिश्रका साथै वरिष्ठ पत्रकार परमेश्वर कापडी, श्याम सुन्दर शशी, शैलेन्द्र झा, श्री नारायण साह, अजय झा, कमल साह, सुजित झा, अजय अनुरागी सहितको उपस्थिती थियो ।