एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २१ : जनकपुरधाममा शनिवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । जनकपुरधामका विभिन्न क्षेत्रमा कार्यरत÷आवद्ध महिला कर्मचारी एवं गृहणिहरुको मैसेंजर समूहमा आवद्ध महिलाहरुको समूह जनकपुरियन लेडिज तथा काव्या हास्पिटलको सहकार्यमा स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
शिविरमा महिलाहरुमा हुने सर्भाईकल क्यान्सर सम्बन्धी जाँच भइरहेको समूहकी सदस्य रिंकू मिश्र गायत्रीले बताएकी छिन् । महिलाहरुमा हुने पाठेघर क्यान्सर समस्या प्राय ः अन्तिम स्टेजमा नै थाहा लाग्ने गरेको तर अन्तिम स्टेजमा यो रोगको उपचार कठिन हुने समेत भएकाले जाँच गराउन आवश्यक रहेको चिकित्सकहरु बताउँछन् ।
सर्भाईकल क्यान्सरको जाँच समयमै भयो भने यसको उपचार गराएर रोग निको हुने विशेषज्ञ चिकित्सक बताउछन् । तसर्थ शिक्षा र चेतनाको अभाव भएकोले विपन्न बस्तीका महिलाहरुलाई लक्षित गरेर निःशुल्क शिविर आयोजाना गरेको मिश्रले जानकारी गराइन् ।
काव्या हास्पिटलका चीफ एडमिनिस्ट्रेट संतोष सिंह, डाक्टर रश्मि झा सहितका आठ जना एक्सपर्टको टीमले शिविरमा चेकजाँच गरेका छन् । शिविर आयोजनामा विशेष योगदान र सहयोग जनकपुरधाम वडा नं.७ का वडा अध्यक्ष जानकी राम साहले समेत गरेको बताइएको छ ।