FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

बाराको हावाहुरी प्रभावितको ४० लाख कांग्रेसद्वारा कोरोना कोषमा, बारामा बबाल

प्रदेशको आठवटै जिल्लाको पैसा रहेकाले कोरोनाकोषमा दिएको पार्टीको दाबी

बाराको हावाहुरी प्रभावितको ४० लाख कांग्रेसद्वारा कोरोना कोषमा, बारामा बबाल

पुरन रौनियार
जनकपुरधाम, चैत २४ :
नेपाली कांग्रेस प्रदेश २ ले बारमा गत वर्ष हावाहुरी (टोर्नाडो) मा प्रभावितहरुका लागि जम्मा गरेको करिव ४१ लाख रकम कारोना मुख्यमन्त्री राहत कोषमा बुझाएपछि बारा कांग्रेसमा बबाल हुने भएको छ । कांग्रेस प्रदेश २ ले मुख्यमन्त्री लालबाबु राउतलाई ४० लाख ७५ हजारको रकम चेक बुझाउने वितिकै बारामा पार्टी भित्र बबाल मचेको छ । नाम उल्लेख नगर्ने समर्तमा बारावाट एकजना कांग्रेसका नेताले एसपी खवरलाई दिएको जानकारी अनुसार गतवर्ष प्राकृतिक विपद हावाहुरी टोर्नाडो प्रभावितका लागि कांग्रेसका उपसभापति विमलेन्द्र निधीले केन्द्रिय कार्यालयवाट सहयोग बापत ल्याएको करिव पाँच देखि सात लाख सहित विभिन्न सांसद, प्रदेशसभा सदस्य तथा मेयर उपमेयरहरुको गरि कुल ४० लाख रुपैया जम्मा भएको थियो ।

बाराको पथलैयामा उपसभापति निधिकै उपस्थितीमा पत्रकार सम्मेलन गरि सो रकम हावाहुरी प्रभावितमा खर्च गर्ने समेत जनाइएको थियो । तर सो रकम हावाहुरी प्रभावितहरुमा खर्च नगरि एकाएक अहिले कोरोना रोकथामका लागि मुख्यमन्त्री राहत कोषमा जम्मा गरिएपछि पार्टी भित्र बबाल हुने भएको छ । बाराका नेताहरुले बिना कुनै जानकारी र तत्काल सहयोग गर्नेहरु संग कुनै सर सल्लाह नगरि पार्टीका प्रदेशका केहि सिमित नेताहरु एकाएका एक सो रकम हस्तान्तरण गरेका भन्दै आपती जनाएको छ ।

एउटै पैसा दुइवटा विपदको राहतमा लगानी गर्छु भनेर सस्तो लोकप्रियताको कमाई

एता बाराका नेताहरुले पार्टीले गल्ती गरेको आरोप लगाइरहेको छ । हावाहुरी प्रभावितमा खर्च गर्छु भनेर जम्मा गरेको पैसा बिना कुनै जानकारी कोरोना कोषमा राखेपछि एउटै पैसालाई दुई ठाँउ र काममा लगाउने काम कसरी हुन्छ ? भन्दै उनीहरुले यसले पार्टीको छबिमा असर गर्ने र सस्तो लोकप्रियताको आरोप लगाउने काम भएको आरोप लगाएका छन् ।

यस विषयमा एसपी खवरसंग कुराकानी गर्दै पार्टी प्रदेश २ संसदीय दलका नेता राम सरोज यादवले आफुहरुले आज मुख्यमन्त्रीकोषमा बुझाएको पैसा उक्त पैसा नै रहेको अनौपचारिक रुपमा स्वीकार गर्र्दै प्रदेश २ को पैसा रहेकाले विपदका वेला प्रदेश २ मै सदुपयोग गर्न चाहेको बताए । सो रकम बाराको प्रभावितहरुमा किन खर्च भएन भन्ने प्रश्नमा नेता यादवले त्यसमा धेरै आन्तिरिक कुराहरु रहेको र खर्च हुन नसकेकाले अहिले सो रकमको सदुपयोग भएको बताए । तर यस कार्यप्रति भने बारा र पर्साका पार्टीका नेता कार्यक्रताहरु भने असन्तुष्ट बनेका छन् ।

पार्टीको बारा जिल्ला सभापति जयचन्द्र चौरसिया र प्रदेश २ का नेता यादव मिलेर एकलौटी रुपमा सो रकम कोरोनाकोषमा दिएको भन्दै बारा, पर्सा, रौतहट सहितका नेता कार्यक्रताहरु आक्रोसित भएका छन् । एउटै रकम दुईवटा विपदको राहतमा खर्च गर्ने किशिमको काम गरेर पार्टीको छबि बिगार्ने काम र पार्टी माथी प्रश्न चिन्ह उभ्याउने किशिमको काम पार्टीले गरेको भन्दै पार्टीकै नेता कार्यक्रताहरुले चिन्ता व्यतm गरेका छन् । बाराका हावाहुरी प्रभावितहरुलाई कुनै सहयोग गर्न नसकेर लाचारी प्रकट गरेको पार्टी सभापति चौरसिया सोहि पैसा बिना कुनै छलफल र निर्णय अर्को कोषमा जम्मा गरेर सस्तो लोकप्रियता कमाउने काम गरेको बाराका नेताहरुको आरोप छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

6 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

7 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

9 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

12 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy