FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


स्थानिय तहले दिने भनेको राहत कहिले सम्म ? राहतको प्रतिक्षामा गरिव परिवार

तिनतहको सरकारको अनुभुति हुन नसकेको पिडितको गुनासो


स्थानिय तहले दिने भनेको राहत कहिले सम्म ? राहतको प्रतिक्षामा गरिव परिवार

पुरन रौनियार
जनकपुरधाम, चैत २४ :
कारोना संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको १४ औं दिन पनि नेपाल ठप्प छ । कामकाज बन्द रहेकाले दैनिक ज्यालादारी मजदुरहरु लकडाउनवाट बढी प्रभावित बनेका छन् । तर प्रदेश सरकारले स्थानियतह मार्फत त्यस्ता प्रभावित परिवारहरुका लागि उपलब्ध गराउने भनिएको राहत समाग्रीको अहिले सम्म कुनै अतोपतो छैन । प्रदेश सरकारले लकडाउन अवधी भरका लागि गरिव विपन्न र अभावका कारण भोकै बस्न बाध्य परिवारहरुलाई खाद्यान्न समाग्री पुरयाउने जिम्मा लिने घोषणा गर्दै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाँउपालिकामा क्रमश २५, २०, १५ र १० लाख पठाइ सकेको भएपनि विभिन्न वाहाना बनाउदै स्थानिय तह अहिले सम्म खाद्यान्न समाग्री वितरण गर्न सकेको छैन ।

यस्तो वेला पनि खरिद नियमावली सहित अनेकन बाहाना

यस विषयमा हामी विभिन्न नगर प्रमुखहरुलाई सम्पर्क गरि बुझन खोज्दा स्थानिय तहमा चरम राजनिति भइरहेको देखियो । स्थानिय तहमा पैसा आएको थाहा पाउने वितिकै प्रत्येक स्थानिय तहमा यस्तो विषम परिस्थितीमा पनि राजनितिक चलखेल सरु भएको छ । मिथिला विहारी नगरपालिकाका प्रमुख अनिल कुमार यादवले प्रदेश सरकारको १५ र नपाको १५ गरि कुल ३० लाख रुपैया तयार रहेको र वडाहरुवाट त्यस्ता प्रभावितहरु कुल २५ सय ५५ परिवार रहेकाले प्रतिपरिवार पाँचसयको दरले मात्र पर्ने गरेकाले पैसा बाँटने कि खाद्यान्न बाटनेमा छलफल भइरहेको बताए । कार्यपालिकाको बैठकमै रहेका प्रमुख यादवले कसैले पैसा त कसैले खाद्यान्न बाटनु पर्ने र खाद्यान्नमा पनि के के कति कति बाटनेमा सहमती जुटाउन छलफलमा रहेको बताए । सहमती जुटन समय लाग्न सक्ने उनको संकेत थियो ।
एता नगरपालिकाकी समाजवादी पार्टीकी नेतृ सिता यादवले यस्तो वेला पनि विभिन्न वाहानमा राहत वितरणमा ढिलाई गर्नु उचित नरहेको बताउछिन् । यो राजनिति र समय खर्च गर्ने बेला होइन, यादवले भनिन, ‘यस्तोमा विवाद र सहमतीमै खचै व्यतित गर्ने हो भने जनताको भावनासंग कुठाराघात हुन्छ ।’ यि त एक उदाहरण मात्र हुन राहतको रकममा यस्तो राजनितिक सवै स्थानिय तहमा छ ।

सवैला नगरपालिकाका प्रमुख विजय शंकर साहले यस्तै समस्या सुनाए । उनले कतिपय वडा अध्यक्षहरु त आफुहरु राहत बाँडन नसक्ने समेत जवाफ दिइसकेको उनले सुनाए । हुने खानेहरु समेत राहतको मांग गर्न थालेपछि वडा अध्यक्षहरु समेत समस्यामा परेको उनले बताए । खाद्यान्नका लागि प्रदेश सरकारको १५ लाख र कोरोनाको रोकथाम शिर्षकमा नगरपालिकावाट ५३ लाख समेत बिनियोजन गरेको प्रमुख साहले बताए । यस्तो अवस्थामा आफु एक्लै केहि गर्न नसक्ने बाध्यता उनको छ । उनले प्रमुख प्रशासकिय अधिकृत नरहेको र आउने वितिकै राहत वितरण सुरु हुने बताए ।
त्यसपछि हामी शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया यादवलाई फोन गरयौं । विषय सुन्ने वितिकै प्रमुख यादवले आफु एक्लै केहि गरे बदनामको भागी बन्नु पर्ने दुखेसो सुनाउदै वडा अध्यक्षको जिम्मा लगाएर खाद्यान्न वितरणको सम्पुर्ण जिम्मा उनीहरुलाई नै दिने बताए । प्रमुख बरबरियाले पनि केहि समय लाग्ने बताए ।

राहत वितरणमा ढिलाई हुँदा गरिव परिवारमा पिडा

लकडाउन प्रभावितकै लागि छुटयाइएको राहत उनीह्रुले समयमै पाउन नसक्नु दुर्भाग्य हो । अभाव र भोक लागेको वेला खाद्यान्न नपाए त्यस राहतको के काम ? उनीहरुको प्रश्न छ । तर नेपालको राजनितिमा जे कुरामा पनि राजनितिक दाउपेच र प्रतिस्पर्धा तथा जस खाने खेल हुने परम्पराले यस महामारीका बेला पनि लक्ष्ति समुदायले समयमै राहत पाउनेमा भने शंकै शंका छ । लकडाउनको क्रममा तिन तहको सरकारको आभाष र अनुभुति उनीहरुलाई हुन सकेको छैन । विभिन्न दाता र समाजसेवीहरुका कारण अहिले सम्म जेनतेन जिवनयापन गरिरहेका त्यस्ता परिवारहरुप्रति राज्य यो निती कुनै पनि मानेमा जायज मान्न सकिदैन ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि
अन्य

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि

9 hours ago
मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित
अन्य

मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित

1 day ago
एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग
अन्य

एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग

2 days ago
अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो
अन्य

अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो

2 days ago
रिक्त दूई समितिले पायो सभापति
अन्य

रिक्त दूई समितिले पायो सभापति

2 days ago
वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग
अन्य

वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग

2 days ago
भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह
अन्तर्राष्ट्रिय

भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह

2 days ago
परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

4 days ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

5 days ago
कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे
अन्य

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

5 days ago

ताजा समाचार

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि

मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित

एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग

५ दिने बुटक्याम्प सम्पन्न

अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो

रिक्त दूई समितिले पायो सभापति

वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy