एसपी रिपोर्टर
जनकपुरधाम, चैत २३ : विश्व व्यापी महामारी कोरोना भगाउन र विश्व कल्याणका लागि नेपाल भारतमा मानव एकता प्रदर्शन गरिएको छ । नेपालमा पशुपतीनाथ क्षेत्रवाट ज्योतिषिहरुद्वारा गरिएको अपिल अनुसार नेपालमा र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको आहवानमा भारत वर्षमा दिप प्रज्वलन गरि एकता प्रदर्शन गर्न अनुरोध गरिएकोमा नेपाल भारतमा सो एकता प्रदर्शन गरिएको छ । नेपालमा साँझ ७ बजेर ७ मिनेट देखि ९ ः ०९ बजे सम्म र भारतमा राती ९ बजे देखि ९ मिनेट अर्थात ९ ः ०९ बजे सम्म दिप प्रज्वल गर्न आहवान गरिएको थियो ।
जनकपुरधाममा भने कतिपयले नेपाली ज्योतिषि अनुसार साँझ ७ ः ०७ बजे देखि दिप प्रज्वलन गरे भने कतिपयले राती ९ बजे नै दिप प्रज्वलन गरेका छन् । भारत र जनकपुरधाम क्षेत्रमा त दिप प्रज्वलनका साथ साथै आतिशवाजी समेत गरिएको थियो भने शंख, ताली, थाली सहितको ध्वनीले समेत कोरोना भगाउन एकता प्रदर्शन र प्रार्थना गरिएको छ । विश्वमा छाएको कोरोनारुपी अन्ध्यारोलाई भगाउन घरका सवै बतीहरु निभाएर घरको मुल प्रवेशद्वार, बरन्डा, छत र बालकोनी कुनै पनि ठाँउमा आफुसंग सम्भव भएको दियो, मैनवती र नभए टर्च, मोबाइल सहितका कुनै पनि बती बालेर कारोना बिरुद्वको एकता प्रदर्शनका लागि अपिल गरिएको थियो । भारतिय प्रधानमन्त्री मोदीले सवैजना एक भएर दिप प्रज्वलन गरे कोरोना विरुद्वको लडाइमा आत्मवल मिल्ने र सफलता मिल्ने बताएका छन् । सो समयमा योगगुरु बाबा रामदेवले विशेष होमजाप र हवन समेत गरेका थिए । दिप प्रज्वलनमा भारतिय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, गृहमन्त्री सहितका शिर्षनेताहरु समेत स–परिवार सरिक भए ।
एता नेपाली ज्योतिषिहरुका अनुसार प्रकृतीका रुपमा पुजा हुने सुर्य देवताको विशेष दिन मानिने आईतवारको साँझ ७ बजेर ७ मिनेट देखि ९ ः ०९ बजे सम्मको यस दिनको दिप प्रज्वलनको समयको धार्मिक र अध्यात्मिक हिसावले समेत आफनै विशेष महत्व छ । वहाँहरुको तर्क तलको भिडियोमा क्लिक गरेर हेर्न सक्नु हुन्छ ।