एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ९ : काठमाण्डौंबाट प्रशारित हिमालय टेलिभिजनले सातवटै प्रदेशमा आफनो ब्यूरो कार्यालय सञ्चालन गर्ने क्रममा मधेश प्रदेश ब्यूरो समेत सञ्चालनमा ल्याएको छ । सोमवार टेलिभिजनका समाचार प्रमुख राजेन्द्र बाणियाँले जनकपुरधाममा ब्यूरो कार्यालयको समुदघाटन गरेका छन् ।
प्रमुख बाणियाँले संघियताको जननी मधेश र मधेशको केन्द्र जनकपुरधाममा ब्यूरो सञ्चालन संगै मनोरञ्जनको क्षेत्रमा नाम कमाएको हिमालय टेलिभिजन समाचारको क्षेत्रमा पनि पहिलो टेलिभिजनको रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।
अगामि तिनै तहको चुनावमा टेलिभिजन हरेक जिल्लामा पुगेर यर्थात समाचार पस्किने उनले बताए । समाचार प्रमुख बाणियाँले मधेश ब्यूरो प्रमुख पुरन साहलाई ल्यापटप प्रदान गर्दै निश्पक्ष समाचारका लागि सक्रिय भएर लाग्न आग्रह गरेका छन् । त्यस अघि हिमालय टेलिभिजनको टिम श्री जानकी मन्दिरमा पुजापाठ र दर्शन समेत गरेको थियो । जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले टिमलाई स्वागत गर्दै आशिर्वाद प्रदान गरेको थियो ।