एसपी रिपोर्टर
जनकपुरधाम, माघ १५ : नेपाली उपभोक्ता संरक्षण महासंघले जनकपुरधाममा समाजिक क्षेत्रमा सक्रिय युवा राजु कुमार साहलाई मधेश प्रदेश अध्यक्षमा मनोनयन गरेको छ । जनकपुरधाम, धनुषा सहित प्रदेश र देशमै विभिन्न संघ संस्थामा आवद्व भई सक्रियता पुर्वक समाजिक गतिविधीमा क्रियाशिल जनकपुरधाम वडा नं. २ का साहलाई महासंघले प्रदेश २ को उपभोक्ताहरुको संरक्षणको जिम्मेवारी सुम्पेको हो ।
उपभोक्ताहरुको हक अधिकारको क्षेत्रमा काम गर्दै आएको नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रिय अध्यक्ष चन्द्र साउदले एक पत्र जारी गर्दै नेपाल वैश्य युवा संघका मधेश प्रदेश अध्यक्ष समेत रहेका युवा साहलाई नेपाल उपभोक्ता संरक्षण महासंघको मधेश प्रदेश अध्यक्षमा मनोनयन गरिएको जानकारी गराएको छ । एसपी खवरसंग कुराकानी गर्दै महासंघका केन्द्रिय अध्यक्ष चन्द्र साउदले महासंघको एशोसिएट सदस्य साह सक्रिय र उर्जावान युवाको पहिचान बनाएकाले मधेश प्रदेशको नेतृत्व दिएको बताए ।

नेपाली उपभोक्ता संरक्षण महासंघका पदाधिकारीहरुले अध्यक्षमा मनोनयन गरेको पत्र समेत साहलाई प्रदान गरि सकेका छन् ।


