एसपी रिपोर्टर
जनकपुरधाम, माघ ११ : नेपाल भारत खुल्ला सिमा संबाद समूह मधेश प्रदेश समितिको संयोजकमा श्याम सुन्दर सिंह चयन भएका छन् । नेपाल सरकारको अबकाश प्राप्त सहसचिव सिंह संयोजक हुँदा सह संयोजकमा दिपक यादव, कोषाध्यक्षमा हरिकान्त मिश्रा सचिबमा मनिष चौधरी चयन भएका छन् ।
त्यसैगरि समुहको धनुषा जिल्ला अध्यक्षमा मनोज साह, महोत्तरी जिल्ला अध्यक्षमा राम कृपाल साह, सिरहा अध्यक्षमा रामनारायण ठाकुर अभिषेख, सर्लाही अध्यक्षमा हुसेन खान र भारतको बिहार राज्य अन्र्तगत मधुबनी जिल्ला अध्यक्षमा डा. रोहित झा लाई मनोनयन गरिएको समुहका राष्ट्रिय अध्यक्ष राजिव झाले बताएका छन् ।

बिगत तिन बर्ष देखि नेपाल भारतको आन्तरिक र बाहिरी सम्बन्ध सुदृढीकरण, सांकृतिक, धार्मिक र आर्थिक सम्बन्ध थप मजबुतका साथै नेपाल तथा भारतको सिमावर्ती जनतालाई सिमा सम्बन्धमा आवयश्क सहयोग समेत गर्दै आएको समुहको एक बैठकबाट उनीहरुलाई सो पदहरुमा चयन गरिएको छ ।


