एसपी रिपोर्टर
जनकपुरधाम, चैत २२ : लकडाउनको १२ औं दिन धनी तथा मध्यहरुको लागि सक्दो समान्य नै होला, तर गरिव विपन्नहरुको हकमा भने यो १२ दिन कहाली लाग्दो हो । जो विहान खाएर वेलुकाको लागी सोच्नै पर्ने हुन्छ उसलाई थाहा होला १२ दिनको लकडाउन । तर उनीहरुको यस पिडाको घरीमा हदै सम्म समाजका सेवकहरुले मलम लगाएका छन् । यस कार्यमा कार्यमा हुने खानेहरुको संघ संस्था र व्यक्ति देखि भर्खरका युवाहरुको समेत सहभागिता रहेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपलेश्वर स्थित न्यु भिजन संस्थामा आवद्व युवाहरु रञ्जित पजियार, रकी प्रसाद साह सहितकको दिनचर्या अहिले ति गरिवहरुलाई खाना र नास्ता खुवाउनमै व्यतित हुन्छ । कोरोनाको जोखिममा बुवा आमा छोराछोरीलाई घरवाट निसक्न नदिइरहेको अवस्थामा इ किशोरहरु जोखिम मोलेर निमुखाहरुको सेवा गरि रहेका छन् ।
युवा रकिको अनुसार विहान दाल, भात, तरकारी र वेलुकी पुरी तरकारी गरि दैनि करिव ६ सय जना लाई खाना खुवाइदै छ । स्थानिय हुने खानेहरु र विभिन्न दाताहरुको सहयोगमा आज ७ औं दिन पनि उनीहरुको सेवामुलक काम जारी छ । वडा अध्यक्ष रामअशिष पजियारलाई सहयोगका लागि आग्रह गर्दा मेयर सावले केहि दिएपनि मात्र गर्न सक्ने जवाफ दिएपनि उनीहरु सेवा सुरु गरे आज विभिन्न दाताको सहयोगमा सेवा जारी रहेको भन्दै रकिले खुसी व्यक्त गरे ।
मिशन दहेज मुक्त समाजको सेवा
एता मुस्लिम अगुवाहरुको अभियान मुलक संस्था मिशन दहेज मुतm समाज पनि सेवामुलक कामलाई दैनिक अगाडि बढाइरहेको छ । समाजका साजिद हुसेन, जानी खान सहितकाहरुको सक्रियतामा विभिन्न दाताहरुको सहयोगमा उनीहरु विभिन्न स्थानमा गई अभावमा बाचिरहेका गरिव विपन्नहरुलाई खाद्यान्न समाग्री वितरण गरिरहेका छन् । नेपाल सवैको साँझा फुलवारी रहेको देश तथा समाजमा यस्ता वेला कोहि पनि भोको नसुतुन भने उद्देश्यले आफुहरु केहि भएपनि सहयोग गरिरहेको हुसेनले बताए ।
थाकेको छैन चेम्वर अफ कर्मश पनि
धनुषा चेम्बर अफ कमर्स र प्रदेश चेम्बर अफ कमर्सद्वारा प्रदेश २ प्रहरी कार्यालयमा १ हजार पिस मास्क वितरण गर्नुका साथै विभिन्न वडा र टोलहरुमा पुगेर अभाव भएका परिवारहरुलाई खाद्यान्न समाग्री वितरण गर्ने काम दैनिक जारी रहेको कर्मश धनुषाका अध्यक्ष विजय प्रसाद साहले बताए । कर्मशका पदाधिकारी सलामत राईन, सरोज मिश्र सहितकाहरुको सक्रियतामा सहयोगको काम भइरहेको छ ।
साहले यस्तो वेला सेवा प्रदान गर्ने सुरक्षाकर्मी, सञ्चारकर्मी, चिकित्सक तथा नर्शहरुको लागि सुरक्षाका समान मास्कका साथै गरिवहरुलाई खाद्यान्न समाग्री तथा मास्क वितरण गर्ने काम निरन्तर भइरहेको बताए ।
बैश्य कल्याण महासंघ पनि सेवामै तल्लिन
अमरनाथ गुप्ता अध्यक्ष रहेको नेपाल बैश्य कल्याण महासंघ र विरेन्द्र साह अध्यक्ष रहेको राष्ट्रिय बैश्य युवा महासंघको संयुक्त प्रयासमा गरिव विपन्नका बस्ती बस्तीमा पुगेर तयारी खाना वितरणको काम भइरहेको छ । रौनियार सेवा समिति जनकपुरधामका महासचिव प्रमोद कुमार गुप्ता समेतको सहभागितामा शुक्रवार त्यस्ता गरिव विपन्नहरुको वासस्थानमै पुगेर खाना वितरण गरिएको छ । यस्ता कामले गरिव विपन्नहरुमा आशा र सकारात्मक भावनाको विकास हुने गुप्ताले बताए ।
सनराईज वैंक द्वारा प्रदेश सरकारलाई २५ थान पिपिई प्रदान
लकडाउनका बिच विभिन्न वितिय संस्थाहरु समेत प्रदेश सरकारलाई विभिन्न सहयोग गरि कोरोनावाट लडने यस लडाईमा साथ दिइरहेको छ । यसै क्रममा सनराईज वैंक प्रदेश नं. २ द्वारा सामाजिक विकास मन्त्रालयलाई २५ थान पि.पि.ई. उपलव्ध गराइएको छ । सनराईज वैक प्रदेश न. २ का प्रबन्धक रोहित महासेठले उक्त पि.पि.ई. सामाजिक विकास मन्त्री नवल किशोर साहलाई वुझाएका हुन । सुरक्षा समाग्री अभावका कारण प्रदेश सरकारलाई अपठेरो भइरहेकाले केहि सहयोग गर्न पाँउदा खुसी लागेको महासेठले बताए ।