एसपी रिपोर्टर
जनकपुरधाम, पुष २२ : फेसबुक मेसेन्जर ग्रुपमा आवद्ध “जनकपुरियन लेडिज ग्रुप”ले जनकपुरधाम वडा नं.७ स्थित जमिरिया देवी आश्रममा कुष्ट रोग प्रभावित ११ घर परिवारलाई विहिवार खाधान्न तथा न्यानो कपडा वितरण गरेको छ ।
कार्यक्रममा आश्रममा रहेका घरपरिवार तथा वालवालिकाहरुलाई ११ थान सल, ४० थान टोपी, ४० थान मोजा, १० किलो च्युरा, १० किलो भुजा, २ कार्टुन बिस्कुट, २४ थान डेटोल साबुन, ७ कार्टुन चाउचाउ, फलफुल र २०० किलो चामल वितरण गरिएको हो । उक्त आश्रममा रहेका करिव २० वालवालिकाहरु अहिले पनि शिक्षाबाट बन्चित रहेको प्रति जनकपुरीयन लेडिज ग्रुपले दुःख व्यक्त गर्दै उनीहरुलाई शिक्षाबाट बन्चित हुन नदिन ग्रुपमा आवद्ध महिला सदस्यहरुले निःशुल्क ट्युसन पढाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा जनकपुरधाम वडा नं.७ का अध्यक्ष जानकी राम साह, कामख्या परिवार जनकपुरधामका अध्यक्ष विभास लाभ सहितकाले “जनकपुरीयन लेडीज ग्रुप”ले गरेको कार्यक्रम प्रति आभार प्रकट गर्दै कुष्टरोगी परिवारको समस्या प्रति सधैको ध्यान जान आवश्यक रहेको र आगामी दिनमा पनि सधै आफुहरु यस्ता सहयोगका लागि तत्पर रहने प्रतिवद्धता जाहेर गरेका छन् ।
जनकपुरीयन लेडीज ग्रुप विभिन्न पेशा, व्यवसाय, सामाजिक अभियन्ता एवं समाजसेवी आवद्ध महिलाहरुको समुह हो । यो ग्रुप हाल आधिकारीक नभए पनि समाजिक संजालको माध्यमबाट मेसेन्जर ग्रुपमा आवद्ध रहेर सामाजिक कार्य गर्न तत्पर रहेको र आगामी दिनमा बैधानिकताका साथ यस्ता सामाजिक कार्य गर्ने जनाइएको छ ।
कार्यक्रममा जनकपुरीयन लेडिज ग्रुपकी रिङ्कु मिश्र गायत्री, रुपा कर्ण, माला राय, रंजना यादव, दिपिका कार्की, रिता मण्डल, आरति मण्डल, निभा झा, चादनि झा, वरुणा कर्ण, अनिता विश्वास विक्रम, अस्मिता पन्त, मधु साह लगायतको सहभागिता थियो ।