एसपी रिपोर्टर
काठमाण्डौं, पुष ११ : केन्द्रीय तथ्याँक विभागले हालै सम्पन्न गरेको १२ औं राष्ट्रिय जनगणनामा रौनियार जातीको नाम सुचिकृत गराउने माग राख्दै आइतबार नेपाल रौनियार महासंघले केन्द्रीय तथ्याँङ्ग विभागको ध्यानाकर्षण गराएको छ । महासंघका केन्द्रीय महासचिव श्रवण कुमार रौनियारको नेतृत्वको टोलीले आइतबार विभागका महानिर्देशक नेबिल कुमार श्रेष्ठलाई भेटि रौनियार सुचिकृत सम्बन्धमा ध्यानाकर्षणपत्र बुझाएको हो ।
महासचिव श्रवणले परापूर्वकालदेखिनै देशभरि करिब तीन लाखको हाराहारीमा बसोबास रहेको रौनियार जातीको हालसम्म केन्द्रीय तथ्याँङ्ग विभागले संचालन गर्ने राष्ट्रिय जनगणनामा कहिल्यै सूचिकृत नगरेको अवगत गारउँदै यस पटक सुचिकृत गर्न जोडदार माग गरेका छन्। उनले यस पटक घरघरमा जनगणना गर्न आउने गणकहरुले एक जातिलाई अन्य जातिमा समावेस गर्ने भएकोले पनि अन्योल उत्पन्न गरिदिएको औल्याए ।
‘देशभरि उलेख्य संख्यामा रौनियार जातको परापूर्वकालदेखिनै बसोबास छ । सबै आ–आफनो ब्यवसाय वा अन्या माध्यमले देशको राजश्वमा योगदान दिदै आएका छन्,’ महासचिव श्रवणले भने ‘११औं राष्ट्रिय जनगणनालाई नै आधार मान्ने हो भने रौनियार जातिको नेपालमा ११० वर्षको इतिहास हुन्छ । देशमा यति बाक्लो उपस्थित रहेको रौनियार जाती, जातीको सुचिमा उल्लेख नहुनुले हामी हाम्रो पहिचान तथा अवसर दुबैबाट बन्चित पारिएका छौं ।’ उनी थप्छन् ‘संविधानले समेत रौीनयार जातीलाई पिछडिएका वर्गमा उल्लेख गरेको छ । १२ औं जनगणनाबाट निष्पक्ष गणना गरी रौनियार जातलाई सुचिकृत गरी जातको कोड निर्धाण गरिदन हामीले माग गरेका हौं।’
ज्ञापनपनत्र बुझ्दै महानिर्देशक नेविल लाल श्रेष्ठले संविधानलेनै सबै जातजातिको पहिचानको नैसर्गिक अधिकार सुनिश्चित गरेको बताउँदै यस पटकको जनगणनामा प्राप्त तथ्याँङ्ग अनुसार कुनै पनि जानजातीलाई सुचिकृत हुनबाट बन्चित नपारिने दाबी गरे।
‘विभागलाई प्राप्त तथ्याँङ्गहरु अहिले संकलन हुदैन छ,’महानिर्देशक श्रेष्ठले भने ‘गणनाका समयमा कतिपय जातजातीहरु आफनो जातलाई नै थर भित्र उल्लेख गरिदिने पाइएको छ। यसले अलि समस्या हुन्छ। अब यस पटक थुप्रै जातजातीहरु सचेत र सकृयाता जनाएर जातजाती सुचिकृत गरिदिन माग राख्नु भएको छ। तथ्याँक इन्ट्री गर्दा जनगणना फारममा उल्लेख भएको जातजातीलाई विभागले कोडिङ गर्ने समयमा प्राप्त तथ्याँक अनुसार जात जातीहरुको कोडिङ अनिवार्य गरिने छ।’ उनले विभागले सर्वाजनिक गरेको तथ्याङ्ग अनुसार हालसम्म एक सय २७ जातजाती मात्र उल्लेख रहेको देखिएको भए पनि यस पटक बढ्ने देखिएको जनाए ।
साभार : नागरिक न्युज डटकम/रुबी रौनियार