एसपी रिपोर्टर
जनकपुरधाम, पुष १० : अव क्यान्सरको परिक्षण देखि सम्पुर्ण उपचार जनकपुरधाममै हुने भएको छ । पुर्वको झापामा अवस्थित पुर्वाञ्चल क्यान्सर अस्पतालले जनकपुरधामको ब्रहमपुरी स्थित नव जिवन हस्पिटलसंग सहकार्य गरि नवजिवन हस्पिटलमै क्यान्सरका बेग्लै सेवाकेन्द्र खोलेर सेवा प्रदान गर्ने काम सुरु गरेको पुर्वाञ्चल क्यान्सर अस्पतालका सिईओ डा. निराजन प्रसाँइले बताए ।
क्यान्सर भए नभएको परिक्षण देखि क्यान्सर पता लागिसकेपछिको केमोथेरापी सहितको सम्पुर्ण सेवाहरु अव जनकपुरधाममै भएपछि वाहिर जाने समस्या नरहने अस्पतालले जनाएको छ ।