एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २८ : अवकास प्राप्त सिडिई भगवान झा मिथिला रत्न सम्मानबाट सम्मानित हुने भएका छन् । भारत उतर प्रदेशको अयोध्यामा हुने अन्तराष्ट्रिय मैथिली सम्मेलनमा झा लाई सो सम्मान प्रदान गरिने भएको छ । अन्तराष्ट्रिय मैथिली सम्मेलन दिल्ली काठमान्डुका अध्यक्ष डा. महेन्द्र नारायण राम तथा महासचिव डा. बैद्यनाथ चौधरी बैजुद्वारा संयुक्त रुपमा जारी आमन्त्रण पत्रमा झा लाई सम्मान ग्रहनका लागि निमन्त्रणा गरिएको छ ।
अगामि डिसम्वर २२ तारिखका दिन मिथिलाका विशिष्ठ व्यक्तित्व, विद्वान तथा कालाकारहरुको सहभागितामा हुने सम्मेलनमा झालाई सो सम्मान प्रदान गरिने छ । वरिष्ठ ई. झाले सम्मानका लागि सम्मेलनका पदाधिकारी तथा चयन समितिलाई धन्यवाद ज्ञापन गरेका छन् । झालाई उक्त पदकबाट सम्मान गर्न पाएकोमा आयोजक समितिले गौरवको अनुभव भएको पत्रमा उल्लेख छ ।