एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २७ : चुरे तथा वनजंगल संरक्षण अभियानीहरुद्वारा आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको छ । चुरे तथा वनजंगल संरक्षण अभियानले चुरे वन जंगलको संरक्षण सम्र्वद्वन, दलित भुमिहिन सुकुम्वासीको न्यायका लागि राष्ट्रका प्राकृतीक धार्मिक सम्पदा र सार्वजानिक जग्गा भुमाफियाको चंङ्गुलबाट बचाउनका लागि पटक पटक संर्घष गर्दै आएपनि स्थानिय, प्रदेश र संघ तिनवटै सरकार गम्भिर नभएपछि पुनः आन्दोलनमा जानु परेको बताएको छ ।
जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले पुष ५ गते प्रदेश २ का आठवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय घेराउ तथा ज्ञापन पत्र, ६ गते सप्तरीको रुपनी, सिरहाको लहान, महोतरीको बर्दिवास, रौतहटको चन्द्रनीगाहपुर र बाराको सिमरामा विरोधसभा तथा ७ गते जनकपुरधाम स्थित प्रदेश २ सरकारको मुख्यालय घेराउ गर्ने कार्यक्रम घोषणा गरेका हुन ।
केहि महिना अगाडि विभिन्न मांग सहित जनकपुरधामको जनकचौकमा आमरण अनसन सम्म गर्दा प्रदेश २ सरकारका भौतीक पुर्वाधार मन्त्री राम सरोज यादव अनसन स्थलमा आएर सात दिन भित्र अनुसन्धान गरि प्रतिवेदन पेश गर्ने प्रतिवद्वता गरेपनि सुनुवाई नभएको उनीहरुको गुनासो छ । प्रदेश २ को वन मन्त्री परिवर्तण भएपछि आफुहरु नयाँ मन्त्री सत्रुधन महतोलाई समेत पटक पटक ध्यानाकर्षण गराउदा समेत नसुनेपछि पुनः आन्दोलनमा जान परेको उनीहरुको भनाई छ । पत्रकार सम्मेलनमा प्रदेश २ का विभिन्न जिल्लाका अभियानीहरुको उपस्थिती रहेको थियो ।