एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २ : जनकपुरधामका चर्चित युवा ज्योतिष ईन्जिनियर विवेक भारतमा सम्मानित भएका छन् । भारतको पिंक सिटी जयपुरमा भारत सहित विभिन्न देशका ख्याती प्राप्त ज्योतिषहरुको सहभागितामा भएको एक भब्य सम्मेलनका बिच विवेकलाई ज्योतिष रत्न र सम्मेलनका सर्वश्रेष्ठ वक्ताको मानपदवीले सम्मानित र बिभुषित गरिएको छ ।
सो सम्मेलनमा कम उमेरका ज्योतिष विवेक आफना ज्ञान र तर्कहरु कुशलता पुर्वक प्रस्तुत गर्दा सबैको ध्यान तान्न सफल भएको बताइन्छ । सम्मेलनमा आमन्त्रित विवेकले जनकपुरधाम मात्र नभई नेपालकै प्रतिष्ठा बढाउने काम गरेका छन् । सम्मेलनमा सबै भन्दा कलिला ज्योतिष र वास्तुबिद विवेक ज्योतिषी र वास्तुको जीवन जिउन कति महत्व र उपयोगिता छ ? भन्ने बिष मा आफना प्रस्तुती दिएका थिए ।
ज्योतिष जस्तो अध्यन्न र ज्ञानको क्षेत्रमा कलिला उमेरका विवेकको सम्बन्धित क्षेत्रमा परिपक्वता र अध्यन्न देखेर उनको चौतर्फी प्रशंसा भएको छ । सम्मेलनमा वास्तु, ज्योतिष, हस्तरेखा, रत्नज्योतिष र चक्रपद्धति तथा मुहुर्त चिन्ता मनिको बिषयमा उपस्थित वक्ता र बिद्वान सबैले आ–आफ्नो तार्किक मन्तब्य प्रस्तुत गरेका थिए ।
युवा ज्योतिष ईन्जिनियर विवेक प्रसिद्ध ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन । उनी सहित उनका परिवार नेपालको स्थानिय देखि राजनितिको शिर्षतहका नेताहरुको समेत भविष्यवाणी, वास्तु तथा ज्योतिषीको काम गर्दै सफल र सार्थक सावित समेत हुदै आएका छन् ।