कसैलाई भोकै सुत्न नदिने चेम्वर अफ कर्मशको अभियान शुरु हुदै


एसपी रिपोर्टर
जनकपुरधाम, चैत १७ : धनुषा चेम्वर अफ कर्मशले जनकपुरधाम उपमहानगरपालिकामा कसैलाई पनि भोकै सुत्न नदिने सहायोगी अभियान थालेको छ । एसपी खवरसंग कुराकानी गर्दै कर्मशका अध्यक्ष विजय प्रसाद साहले उपमहानगरका २५ वटै वडामा कोहि पनि भोकै रहन नहुने भन्दै त्यसका लागि कर्मश खाद्यान्न समाग्री घर सम्मै पुरयाउन तयार रहेको बताए । कसैको टोल छिमेकमा गरिव, विपन्न असहाय कोहि समुदाय वा व्यक्तिलाई खाद्यान्न सहित भोकै बस्ने कुनै बाध्यता छ भने आफुहरुलाई तुरन्त जानकारी गराउन साहले समाजका सवै पक्षसंग आवहान गरेका छन् ।

साहले जानकारी गराएका अनुसार कर्मशले करिव १५ हजार सर्जिकल मास्क मगाएर जनकपुरधाका सुरक्षाकर्मी, पत्रकार, अभाव भएका व्यक्तिहरु, अस्पताल, चिकित्सक र नर्शहरुलाई वितरण गरिरहेको छ । कसैसंग मास्कको अभाव भए सम्पर्क गर्न समेत कर्मशको अपिल छ । साथै अध्यक्ष साहले नेपाल चेम्वर अफ कर्मशको आफनै विशेष विमान मेडिकलका विभिन्न सर समान लिन चिन गएको र फर्केपछि जनकपुरधाम सहित मधेशका विभिन्न जिल्लामा ति सुरक्षा समाग्रीहरु वितरण गरिने छ । साहले कर्मशका पदाधिकारीहरु सलामत राइन, सरोज मिश्र सहितका सवैलाई कुनै समस्या भए सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
