एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ११ : जनता समाजवादी पार्टी नेपालको प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम जनकपुरधाममा जारी छ । समुदघाटन कार्यक्रमको पहिलो वक्ता जनकपुरधामका मेयर लालकिशोर साहले ओलीलाई स्वामी र उनका सहयोगीहरुलाई गुलामको संकेत गर्दै स्वामीको गद्दी अव नचल्ने बताए ।
उनले भने, ‘देशमा दुईवटा जात मात्र छ एक स्वामी र अर्को दास, नारायणहिटीमा पुनः गद्दी लगाउन चाहनेको गद्दी अव पुनः स्थापित हुन सक्दैन ।’ लालकिशोरले अगाडि भने, ‘ उपेन्द्र यादवको नेतृत्वमा दास प्रथाको अनत्य र जनकपुरधाममा नयाँ श्रृखंलाको सुरुवात हुन्छ ।’