एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ४ : जनकपुरधामको श्री महावीर युवा कमिटिको नयाँ कार्यसमितिका लागि कुल २७ जनाको उम्मेदवारी परेको छ । कमिटिको ११ सदस्सीय नयाँ कार्यसमितिका लागि सवै पदमा गरि कुल २७ जनाको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक शंकर साहले बताएका छन् ।
अध्यक्ष पदमा चारजना, उपाध्यक्षमा चारजना महासचिवमा तिनजना सचिवमा दुईजना कोषाध्यक्षमा चारजना र कार्यकारिणी सदस्यमा १० जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा अजय कुमार गुप्ता, प्रदिप भगत, विकास चौधरी र बलराम साहको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा महेश कुमार साह चोच, सरोज कुमार चौधरी, अनिल कुमार साह र दिनेश हाथी त्यसै गरि महासचिवमा दिपक कुमार साह, भरत कुमार साह र चन्दन नागवंशीको उम्मेदवारी परेको छ ।
सचिवमा विकास कुमार साह र त्रिदेव प्रसाद साह तथा कोषाध्यक्षमा क्रमश चन्दन राज शर्मा, शशि कुमार साह, विकास राय र मोहन कुमार साहको उम्मेदवारी दर्ता भएको छ । कमिटीको कार्यकारणी समितिमा ६ जना हुनुपर्नेमा १० जनाले उम्मेदवार दर्ता गराएको निर्वाचन अधिकृत शंकर साहले जानकारी दिएका छन् । कमिटीमा कुल मतदाता संख्या ४ सय २८ रहेको अधिकृत साहले जनाए ।