एसपी रिपोर्टर
जनकपुरधाम, साउन २८ : प्रदेश २ का महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिहंले प्रदेशका सवै क्षेत्रका होनहार युवाहरुलाई प्रोत्साहनका लागि सरकार काम गर्ने बताएका छन् । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा जनकपुरधाममा आयोजित सम्मान कार्यक्रममा मन्त्री सिंहले होनहार र प्रगतीपथमा रहेकालाई सम्मान र प्रोत्साहन तथा अवसरबाट बञ्जितलाई अवसर दिन आफु काम गर्ने बताएका छन् ।

दिवसको अवसरमा प्रदेश २ बाट खेल क्षेत्रमा सफलता हासिल गरेका तिनजना खेलाडीहरु सिरहाका विजय सिजाली, पर्साका विजय थापा र सिरहाकै कल्पना परियारलाई सम्मानीत समेत गरिएको छ । उनीहरुलाई क्रमश कराते, भारतोलन र ओलम्पिकमा प्राप्त सफलताको लागि सम्मान गरिएको छ । खेलाडीहरुले सम्मानका लागि प्रदेश सरकारलाई धन्यवाद दिएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादव, निति आयोगकी सदस्य सहितको उपस्थिती थियो ।


