एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २१ :
एमालेका पोलिटब्युरो सदस्य रघुविर महासेठ नेपाल सरकारको उपप्रधान तथा परराष्ट्रमन्त्री जस्तो गरिमामय पदमा नियुक्त भएपछि धनुषाको सपहीमा समेत खुसिहाली मनाइएको छ । लोकतान्त्रिक मधेशी संगठनका केन्द्रिय सदस्य अजय कुमार यादवको अगुवाईमा दिप प्रज्वलन गरि खुसिहाली मनाइएको हो ।

लक्ष्मीनियाँ गाँउपालिकाको वडा नं. ४ सपही बजारमा आयोजित खुसहाली कार्यक्रममा स्थानिय नेताहरु मोहन पजियार, बलट यादव, रामप्रमोद साह, परमेश्वर साह, रामदेव साह सहितको सहभागिता रहेको नेता यादवले बताए । उप प्रधान जस्तो गरिमामय पदमा क्षेत्रका सांसद चयन भएपछि उनीहरुले खुसी मनाएका हुन ।