एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ १७ :
एमाले धनुषाका नेताहरुले आफना स्व. नेता योगनारायण यादव प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । स्व. यादवको पैतृक गाँउ सबैला देखि धनुषाको विभिन्न गाँउ र बजारका एमाले पार्टी कमिटिहरुले स्थानिय स्तरमा स्व. यादवको आज १३ औं पुण्यतिथीको अवसरमा श्रद्धाञ्जलीसभाको आयोजना गरि स्व. यादव प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

सबैलमा विभिन्न वडा कमिटिका साथै उनको घरमा समेत आयोजित श्रद्धाञ्जलीसभा कार्यक्रममा जिल्ला तथा प्रदेश र केन्द्रका नेताहरु सहभागि भएका छन् । नेताहरुले यादवको निधनले पार्टीलाई अपुणर्निय क्षती भएको बताएका छन् । सवैलाका युवा तथा श्री श्री १०८ श्री माँ दुर्गा भवानी प्रतिष्ठान सबैलाका सचिव नथुनी यादवले पार्टी र समाज तथा जिल्लाले अभिभावक गुमाएको बताए ।

धनुषाको तारापट्टीमा आयोजित श्रद्धाञ्जलीसभाको अगुवाई गरेका मिथिला बिहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले पार्टीलाई स्व. यादवको कमि महशुस हुने भन्दै शोकलाई शक्तिमा बदल्नुको विकल्प नरहेको बताए । एमालेका पुर्व बैकल्पिक पोलिटब्युरो सदस्यका साथै धनुषाबाट प्रत्यक्ष निर्वाचित पुर्व प्रतिनिधीसभा सदस्य समेत रहेका स्व. यादवको मृगौला उपचारको क्रममा कोरोना संक्रमण भइ निधन भएको थियो ।

स्व. यादव धनुषाबाट पटक पटक निर्वाचित हुने गरेकी कांग्रेस सांसद लिला कोइरालालाई पराजित गर्दै सांसद बनेका थिए । सरकारी जागिरे यादव जागिर छोडेर कमन्युष्टि राजनितीमा दशकौं देखि सक्रिय थिए । सबैलाकै एक घटनामा मुछिएपछि र्पुपक्षका लागि जेलमा रहेका उनी गत आम निर्वाचनको पुर्व सन्ध्यामा रिहा भएका थिए । उनी कमन्युष्टि युवा तथा नेताहरु बिच लोकप्रिय र सवैलाई मिलाएर हिन्ने नेताका रुपमा चिनिन्थे ।