एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ ८ : नेकपा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य तथा पुर्व प्रतिनिधीसभा सदस्य योगनारायण यादवको असामयिक निधनप्रति स्थानिय गुरास युवा क्लवले शोक व्यक्त गरेको छ । यादवको पैतृक गाँउ धनुषाको सबैला हाल सबैला नगरपालिकाको सबैला स्थित क्लवका अध्यक्ष नथुनि यादवलले शोक ब्क्तब्य जारी गर्दै गहिरो दुःख व्यक्त गर्दै सबैला र त्यस क्षेत्र तथा जिल्लाले नै अभिभावक गुमाएको बताएको छ ।
शोक ब्क्तब्यमा भनिएको छ, ‘ धनुषाका पुर्व प्रतिनिधीसभा सांसद, नेकपा एमालेका पोलीटब्युरो सदस्य तथा यस जिल्लाकै प्रभावशाली नेता श्री योगनारायण यादवको असामयिक निधनले क्लव परिवार स्तब्ध र मर्माहत भएको छ । हाम्रो क्लव परिवार तथा सम्पुर्ण सवैला नगरका साथै क्षेत्रवासी नै आज एक अभिभावक गुमाएको पिडा हामी संग छ । मातृभुमि सवैला सहित क्षेत्र र जिल्लाको विकासका लागि सदैव चिन्तनशिल लोकप्रिय नेता तथा हाम्रा परम शुभेच्छुकको अभाव हामीलाई सदैव महशुस हुने छ । क्लवको स्थापना देखि विभिन्न कालखण्ड र सुख दुःखमा साथ दिदै आउनु भएका स्व. यादव हामी माझ सदैव सम्मानित र स्मरणीय रहनु हुनेछ । दुःखको यस घरिमा मृत आत्माको चिर शान्तिको कामना गर्दै स्व. यादव प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोकाकुल परिवारजनमा धैर्य धारणका लागि शक्ति प्रदान गर्न हुन माँ दुर्गा भवानी माता संग प्रार्थना गर्दछौं ।

त्यस अघि नेकपा एमालेले पनि ३ दिनसम्म पार्टीको झण्डा झुकाउने र शोक पुस्तिकामा हस्ताक्षर समेत संकलन गर्ने पार्टीका धनुषा जिल्ला इन्चार्ज रामचन्द्र मण्डलले जानकारी दिएका थिए । शुक्रबार जनकपुरधाम स्थित पार्टी कार्यालयमा आयोजित शोक सभामा इन्चार्ज मण्डलले एमाले पार्टीलाई नेता योगनारायण यादवको निधनले अपुरणीय क्षति भएको भन्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेका छन् । पूर्व प्रदेशसभा सदस्यसमेत रहेका इन्चार्ज मण्डलले नेता योगनारायण यादवको शोकमा पार्टीको झण्डा आजदेखि ३ दिनसम्म झुकाउने र उनको शोकमा पुस्तिकामा हस्ताक्षर संकलन गर्ने निर्णय भएको जनाए ।
नेकपा एमाले धनुषाका सह–इन्चार्ज समेत रहेका यादव मृगौला रोगबाट पीडित थिए । धनुषाको सबैला नगरपालिका बस्ने यादवको उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा बिहिबार बिहान निधन भएको थियो । ५७ वर्षीय नेता योगनारायण यादवका दुई श्रीमती र दुई छोरा छन् । उनी राजनीतिमा सक्रिय हुनु पूर्व जिल्ला कृषि कार्यालयमा जेटिए पदमा कार्यरत थिए । सरकारी जागिर छाडेर उनी २०४४ अघि नै नेकपा एमालेमा सक्रिय भएका थिए ।