संजिव कुमार साह
जनकपुरधाम, बैशाख २९ : जनकपुरधामका युवा व्यवसायी प्रमोद कुमार साहले क्लोथ बैंक नेपाललाई पचास वटा अक्सिजन सिलिन्डरमा अक्सिजन रिफिल गर्ने खर्च सहयोग गरेको छ । जनकपुरधाममा सुजुकी फोर ह्वीलर तथा धनुषाको महेन्द्रनगर र महोतरीको बर्दिवासमा बाजाजको मोटरसाइकल शोरुम सहितका व्यवसायमा आवद्व युवा साह क्लोथ बैंकका उपाध्यक्ष पुरन गुप्तालाई सम्पर्क गरि सो सहयोग गर्ने जनाएका छन् ।
उनले उपाध्यक्ष गुप्ता लाई भने, ‘तपाँई क्लोथ बैंकले गर्दै आउनु भएको काम अहिलेको परिस्थितीमा एकदमै प्रशंसनिय छ, म पचास वटा सिलिन्डरमा अक्सिजन रिफिल सहित तयारी अवस्थामा ल्याउन लाग्ने खर्च सहयोग गर्छु पुरन जी ।’ प्रति सिलिन्डर अक्सिजन भर्न साढे सात सय र रेगुलेटर मर्मत तथा केहिको खरिद गर्दा पचासवटा सिलिन्डर तयार गर्न करिव पचास हजार हजार खर्च लाग्ने छ ।
उपाध्यक्ष गुप्ताले व्यवासायी साहलाई आफनै फोन गरि सहयोग गरेकोमा आभार व्यक्त गरेका छन् । व्यवसायी साहले क्लोथ बैंक नेपाल धनुषाको कामको सराहना नेपालका विभिन्न स्थानका व्यापारीहरुले गर्ने गरेको समेत सुनाए । धन्यवाद प्रमोद जी