एसपी रिपोर्टर
जनकपुरधाम, असोज २१ :
नेपाली कांग्रेस इतर पक्षको जनकपुरधाम नगर सभापतिमा युवा नेता राकेश विक्रम साह सर्वसम्मत चयन भएका छन् ।
जनकपुरधाममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको उपस्थितिमा भएको नगर भेलाले साहलाई नगर सभापतिको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरेको हो । भेलामा साहलाई नगर सभापतिमा चयन गरिएको घोषणा गरिएको थियो ।
त्यस्तै, नगर उपसभापतिमा सुभाष पाठक र सचिवमा शिवरतन दास सर्वसम्मत चयन भएका छन् ।
नगर कार्यसमितिका बाँकी पदाधिकारी तथा सदस्यसमेत आपसी सहमतिका आधारमा चयन गर्ने तयारी भइरहेको एक नेताले जानकारी दिए । उनका अनुसार नगर संगठनलाई थप सक्रिय बनाउँदै आगामी दिनमा सहमति र सहकार्यका आधारमा संगठनलाई अघि बढाउने तयारी गरिएको छ ।

