एसपी रिपोर्टर
जनकपुरधाम, असार ६ : जनकपुरधाममा भाटभटेनी सुपर स्टोर सञ्चालनमा आएको छ । बुधबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भाटभटेनीको जनकपुरधामस्थित मुजेलियामा स्टोरको उद्घाटन गर्नुभएको हो । बुधवार विहान शुभसाइतमा विधीपुर्वक पुजापाठ गर्दै गुरुङ्गले स्टोरको समुदघाटन गरेका हुन ।
समुदघाटन पछि स्टोरका लागि सशुल्कै भएपनि उत्तम जग्गा कम्पनीलाई प्रदान गरेको भन्दै रमण कन्ष्ट्रकशनका पुर्व सञ्चालक बलरामहतोको विशेष उपस्थितीमा स्टोरका सम्पुर्ण कर्मचारीहरुले सामुहिक तस्वीर खिचाएर कार्य शुभारम्भ गरेका छन् ।
शुभारम्भ भएपछि स्टोरमा किनमेलका लागि ग्राहकको उपस्थिती बाक्लो हुदै गएको छ । जनकपुरधाम उपमहानगरपालिका–१४ को मुजेलियास्थित रमण टावरसँगै दक्षिणतर्फको जग्गामा भाटभटेनी मार्केट एण्ड स्टोर्स कम्पनी लिमिटेडले भाटभटेनी सुपरमार्केट सञ्चालनमा ल्याएको हो । सञ्चालक गुरुङ्गले आफु बाल्यकालमै आफनो घरमा रामायणको किताव रहेको र त्यसबारे सोध्दा बुवाबाजेले रामायण र जनकपुरधामको बारेमा आफुलाई सुनाएकाले आफनो जनकपुरधाम प्रतिको आस्था दर्शाउन स्टोर यहाँ विस्तार गरेको बताए ।
जनकपुरधाममा सञ्चालनमा ल्याइएको स्टोर देशमै २५ औँ र मधेश प्रदेशमा वीरगञ्जपछिको दोश्रो स्टोरका रूपमा सञ्चालनमा आएको छ । गुरुङ्गले मधेशको चेलीबेटीहरुलाई रोजगार दिएर शिक्षा आर्जनमा आत्मनिर्भर बनाउदै बाल र अपरिपक्व विवाह रोक्न लागि स्टोरले बेटीहरुलाई प्राथमिकतामा राखेर अवसर दिएको बताए ।
स्टोर शुभारम्भमा भेटिएका जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले भाटभटेनीले जनकपुरधामलाई राजधानीको रुपमा सार्थक गर्ने पहिलो कदम चालेको रुपमा आफुले लिएको बताए । उनले यस्ता लगानि अझै गर्न र जनकपुरधामको बारेमा नकारात्मक नसोच्न लगानीकर्तालाई आग्रह गरेका छन् ।
स्टोरमा करिब दुई सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । जसमध्ये अधिकांश महिला छन् । यसअघि वीरगञ्जमा पनि भाटभटेनी सुपरमार्केको शाखा सञ्चालनमा ल्याइएको थियो । स्टोर शुभारम्भ कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्र, जनकपुरधामका मेयर मनोज कुमार साह, पुर्वमेयर बजरंग प्रसाद साह सहितका पुगेका थिए ।