जनकपुरधाम, वैशाख २१ :
धनुषाको हंसपुर नगरपालिकाको नगरप्रमुखका उम्मेदवार रामज्ञान मण्डलले नगर विकासका अधूरा काम पूरा गर्नका लागि पुन मत दिनका लागि मतदातासंग अपिल गरेका छन् । निवर्तमान नगरप्रमुख समेत रहेका मण्डलले यस अघिको कार्यकालमा आफूले तयार पारेको विकासको खाका अनुसार काम सम्पन्न गर्नका लागि मतदाताहरुलाई पुनः मतदान गर्न आग्रह गरेका हुन् ।
हँसपुर नगरपालिका वडा नम्बर ७ नौवाखोर प्रसाहीमा घरदैलोका लागि पुगेका मण्डलले नगरको दिर्घकालिन विकासका लागि यसअघिको कार्यकालमा बनाई सकेको र केही काम शुरु पनि भईसकेकाले ती कामहरु सम्पन्न गर्नकै लागि आफू पुनः नगरप्रमुखमा उम्मेदवारी दिएको बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उम्मेदवार रहेका मण्डलले हंसपुरको समस्या नजिकबाट बुझेको र त्यसलाई समाधान गर्ने सक्ने क्षमता आफूमा रहेको दावी गरे ।
घरदैलो कार्यक्रमको क्रममा मण्डलले आफ्नो पछिल्लो कार्यकालमा हंसपुर नगरपालिकालाई चिनाउने काम गरेको र अब बांकी रहेका योजनाहरुलाई पुरा गर्दै जनताको शिक्षादेखि रोजगारसम्मको नितीगत विकासको योजना कार्यान्वयनमा ल्याउने नगरवासीसँग प्रतिबद्धता जनाएका छन ।
उनी जनताको प्रतिक्रियाबाट उत्साहित भएका छन् । उनले भने ‘जनताको सेवामा आफु सधै लाग्नेछु, आफुले वाचा गरेका कुरा पुरा गर्नेछु, बोलेर होइन काम गरेर देखाउँछु ।’ राजनीतिलाई सेवाको रुपमा लिने निर्वतमान मण्डल भन्छन् ‘म जनताको सेवाका लागि आएको हुँ, म जनताको सेवक हो ।’