इन्द्रजित गोइत

अहिलेको यो आधुनिक युगमा हाम्रो समाजलाई अन्धकार तिर जादै हेर्दा कसलाई चित न दुख्दै होला ? हामी त्यो समाजमा छौँ जहाँ एउटा्ले अर्को मार्ने काम गर्छ । हामि बुझन सक्छौ समाजमा अहिले विभिन्न किसिमका समस्याहरु देखा पर्दैछ, उदाहरण हामीसंग प्रसस्त छ, जस्तै बाल मजदुरी रमाउने र भविष्य बनाउने उमेरमा मजदुरी गरेर आफ्नो जिन्दगी चलाउछ, के यो हाम्रो समाज को विकृति हैन र ?

दाइजो प्रथा, महिला हिंसा, बलात्कार जस्ता घृणात्मक क्रियाकलापहरु हाम्रो समाजमा देखा पर्छ । यस्तो कुनै दिन न होला जुन दिन बलात्कार नभएको सुन्न पाइएको छैन । कहिलेसम्म हाम्रो दिदी बहिनी छोरी सिकार बन्ने छ ? उस्को पीडा हेरेर लाज लाग्दैन ? दैनिक बलात्कार बददै गइरहेको छ, यो के हो ?

हामी जे कुरामा नि सरकारलाई नै दोष दिने गर्छौ, कहिले सोच्दैनौ हामिले देशको लागि के भुमीका निर्वाह गर्नु पर्दछ । जहिले नि आफ्नो गल्तीको दोष अरुलाई दिन्छौ । के बलात्कारिलाई सरकारले पाल्ने गर्छ ? पक्कै पनि हैन होला, हाम्रै समाजबाट कोहि बलात्कारका सिकार बन्छ र बनाउने पनि हाम्रै समाजको कोहि हुन्छ । सबै कुरा वा काम सरकार या अरु कोहिले गर्दिने होइन, हाम्रो पनि केहि भुमिका छ । जबसम्म यो कुरालाई मनन गर्न सक्दैनौं तब सम्म हाम्रो समाज सहि बाटोमा जान सक्दैन । छोरी, केटी (महिला) हेपेर, कोठा भित्र दबाएर राख्छौ अनि अधिकारको कुरा गर्न लाज लाग्दैन ?

एउटाले अर्कोको खुसी हेर्न चाहदैन हाम्रो समाजमा त्यसैले त हामी अरु देशको तुलनामा धेरै पछाडि छौँ । खैर विगतको कुरा छोडौं, के हामी युवा वर्ग हाम्रो कर्तव्य इमानदारीताका साथ निर्वाह गर्दैछौं ? कहिले सम्म हामी यसरी नै मौन बस्ने त ? आउदो पुस्ताको लागि असल नागरिकको रुपमा हामि सवै चिनिन पाउनु पर्यो । आउनोस अब सबैजना एक जुट भएर अन्याय विरुद्धको लडाइँ लडौं । समाजको विकृतिलाई दुर भगाऔं । आ–आफ्नो स्थानबाट देशको लागि केही राम्रो गर्ने उद्देश्य लिए मात्र आउँदो समयमा नयाँ नेपाल हामि हेर्न पाउने छौं । देशलाई स्मृद्व, सक्षम र शान्ति बनाएर राखौं ।