एसपी रिपोर्टर
कतार, मसिंर ७ : नेपालमा मात्र होइन मिथिलाञ्चलको महान पर्व छठ विदेशमा समेत उतिकै उल्लासका साथ मनाइएको छ । कतार स्थित तराई मधेशका वासीहरु त्यहाँ पनि छठ उतिकै श्रद्धा र भक्ति तथा उल्लास पुर्वक मनाएका हुन । विगत ६ बर्षदेखि निरन्तर छठ मनाउँदै आएकोमा यसपाली पनि खाडी मुलुक कतारमा कामको शिलशिलामा गएका मधेशीहरुले उल्लासपूर्वक छठ पर्व मनाएका हुन ।

गैर आवासीय मधेशी सँघ (एनआरएमए) को अगुवाईमा त्याहाँ उल्लासपूर्वक छठ मनाइएको हो । यसका साथै, युएईको दुबईमा समेत मधेशीहरुले छठ पर्व मनाएका हुन् । दुबईको अल मामजार बिचमा छठ पर्व मनाईएको छ । यसका साथै, अमेरिका सहित विभिन्न देशमा बस्ने मधेशीहरुले समेत छठ पर्व मनाएको संघले जनाएको छ ।
मधेशको सँस्कृति र पहिचान बचाउनका लागि विदेशमा पनि छठ पर्व मनाइएको छ । उनीहरुले आफ्नो धर्म सँस्कृतिलाई बचाई राख्नको लागि विदेशमा पनि छठ पर्वलाई निरन्तरता दिएको बताएका छन् । गैर–आवासीय मधेशी संघको संगठन विश्वको ४५ देशमा रहेको बताइन्छ । संगठनमा २ लाख भन्दा बढ़ी सदस्य आबद्ध रहेको र मधेशी बाहुल्य सबै देशमा एनआरएमएले छठ, होली, दीपावली जस्ता सबै चाडपर्व त्योहार मनाउदै आएको संघको भनाई छ ।