FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


बिहारमा पुनः नितिश कुमारकै चर्चा, ४० वर्ष पछि चुनावमा छैनन लालु (विहारको नालीवेली सहित)


बिहारमा पुनः नितिश कुमारकै चर्चा, ४० वर्ष पछि चुनावमा छैनन लालु (विहारको नालीवेली सहित)

The Prime Minister, Shri Narendra Modi being received by the Governor of Bihar, Shri Satya Pal Malik and the Chief Minister of Bihar, Shri Nitish Kumar, on his arrival, at Patna, Bihar on April 10, 2018.

असोज २७ : नेपालसँग सिमाना जोडिएको भारतको बिहार राज्यमा विधानसभा निर्वाचनको सरगर्मी बढेको छ । कोरोनाका कारण धेरै चुनावी सभाहरु भर्चुअल भइरहेका छन् । कोरोना महामारीकैबीच बिहारमा अक्टोबर २८, नोभेम्बर ३ र ७ मा गरी तीन चरणमा हुँदैछ । नतिजाको घोषणा नोभेम्बर १० मा हुनेछ ।

यसपटकको निर्वाचन यस अगाडिका भन्दा पृथक हुने विश्लेषण गर्दै दि इन्डियन एक्सप्रेसमा विश्लेषक मनोज सीजी ब्याटल फर बिहार शीर्षकमा लेख्छन्, कोरोना भाइरसको छायाँमा हुन लागेको भारतको यो सबैभन्दा ठूलो निर्वाचन हो, यसमा लामो समयदेखि बिहारको राजनीतिमा सक्रिय लालु यादवको सहभागिता छैन । अनि रामविलास पासवानको भर्खरै मुत्यु भएको छ । अहिलेका मुख्यमन्त्री नीतिश कुमारले भारतीय जनता पार्टीसँगको गठबन्धनमा आफ्नो भूमिका बढाएका छन् ।

भारतको राष्ट्रिय राजनीतिमा बिहारको महत्वको बारेमा उनी लेख्छन, ‘ऐतिहासिकरुपमा बिहार ग्रासरुट सामाजिक र राजनीतिक अभियानको कोक्रो हो । जयप्रकाश नारायणको टोटल रिभोलुसनले शक्तिशाली मानिएको इन्दिरा गान्धीको सरकारलाई नै हल्लाइदियो र संकटकाल नै लगाउनुपर्ने अवस्थाको सिर्जना भयो । यसबाहेक भारतको आरक्षणको राजनीतिक अगाडि बढाउन पनि बिहारले महत्वपूर्ण भूमिका खेलेको छ । उसो त बिहार सामाजिक र आर्थिकरुपले पिछडिएको राज्य हो । कांग्रेसविरुद्धको गठबन्धनले सामाजिक न्याय सहितको राजनीतिको बिउ रोप्यो र यसले बिहारलाई नीतिश कुमार, लालुप्रसाद, सुशीलकुमार मोदीजस्ता नेताहरु दियो ।

यस्तो छ चुनावी प्रतिस्पर्धा

निर्वाचनमा मुख्यतः नेसनल डेमोक्रेटिक एलाइन्स (एनडीए) र विपक्षीको महागठबन्धको बीचमा नै प्रतिस्पर्धा हुने देखिन्छ । नीतिश कुमारले नेतृत्व गरेको एनडीएमा भारतीय जनता पार्टी, जनता दल युनाइटेड(जीडेयू) र लोकतान्त्रिक जनशक्ति पार्टी रहेका छन् । यस गठबन्धनबाट भाजपाले १२१ सिटमा प्रतिस्पर्धा गर्नेछ भने जिडेयुले १२२ सिटमा प्रतिस्पर्धा गर्न गइरहेको छ ।

सो एलायन्समा रहेका अन्य साना दलहरुलाई भाजपा र जिडेयुले केही सिटमा दिने छन् । भाजपाले अहिलेका मुख्यमन्त्री नीतिश कुमारलाई नै मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ । यसबीचमा निर्वाचनमा टिकट नपाएको भन्दै केही नेताहरुले साना दलतिर गएका छन् । अर्काे गठबन्धन चाहिँ विपक्षीको महागठबन्धन हो, जसमा बिहारका पूर्वमुख्यमन्त्री लालु यादवको दल राष्ट्रिय जनता दल र इन्डियन नेसनल कंग्रेस रहेका छन् ।

यसबाहेक अन्य साना दलहरु समेत निर्वाचनको दौरानमा रहेका छन् । जस्तो विकासशील इशान पार्टी, जन अधिकार पार्टी र अन्य बामपन्थीहरुक पनि निर्वाचनको दौडमा छन् । महागठबन्धमा राष्ट्रिय जनता दलले २४३ मध्ये १४४ सिटमा प्रतिस्पर्धा गर्नेछ उसले सो सिट अन्य केही साना दलहरुलाई पनि बाँड्नुपर्ने हुन्छ । काङग्रेसले भने ७० सिटमा प्रतिस्पर्धा गर्नेछ, जुन पहिलाको भन्दा निकै राम्रो हो ।


कति छन् मतदाता ?

बिहारको विधानसभा निर्वाचनको लागि जम्मा २४३ सिटमा निर्वाचन हुनेछ जसमध्ये ३८ सिट पिछडिएको समुदायका लागि छुट्याइको छ । यस पटकको निर्वाचनमा ७.१८ करोड मतदाता रहेका छन् जसमध्ये ७८ लाखले पहिलोपटक मतदान गर्दैछन् । झण्डै ४ करोड मतदाता १८ देखि ४० वर्षको उमेरका रहेका छन् । कोभिड–१९ को संक्रमणका कारण सामाजिक दुरी कायम राख्नुपर्ने भएकाले यसपटक बुथहरुको संख्या एक लाखभन्दा बढीको वृद्धि गरिएको छ । अन्य राज्यको तुलनामा बिहारमा कम मतदान हुने गर्छ र यसपटक कोभिडका कारण त्यो संख्या अझै घट्नसक्ने विश्लेषण गरिएको छ ।

कस्ता छन् एजेण्डा

नीतिश कुमार र एनडीएले चुनावको नारा आत्मनिर्भर बिहार बनाएका छन् । त्यसैगरी यस अगाडि कुमारको सरकारले गरेका विकास निर्माणका विषयहरुलाई समेत सो एलायन्सले चुनावी एजेण्डा बनाएको छ । त्यसैगरी भाजपाको केन्द्रीय सरकारले सञ्चालन गरेका विकास निर्माणका ठूला आयोजनाहरुलाई पनि उसले सफलताको रुपमा देखाउन खोजेको छ ।

त्यसैगरी भाजपाले यसपटक पहिलाभन्दा महिलाहरुलाई बढी टिकट दिएको भन्दै त्यसको ब्यापक प्रचार गरिरहेको छ । भर्चुअल चुनावी सभालाई सम्बोधन गर्दै वर्तमान मुख्यमन्त्री नीतिश कुमारले विगत १५ वर्षमा आफूले गरेको कामका आधारमा मूल्याङ्कन गर्न आग्रह गरेका छन् । विशेषतः उनले आफ्नो कार्यकालमा सुशासन कायम भएको र लालु यादवको गुण्डाराज अन्त गरेको दाबी गरेका छन् ।

उता विपक्षी महागठबन्धनले भने बिहारको सामाजिक सूचकहरुका नीतिश कुमार सरकारले परिवर्तन ल्याउन नसकेको, रोजगारी सिर्जना गर्न नसकेको छ र कोभिड–१९ पछि बेरोजगारी अझै बढेको लगायतका एजेण्डा अगाडि सारेको छ । सो गठबन्धनले गत वर्ष मोदी सरकारले ल्याएको नागरिकता संशोधनसम्बन्धी कानुनले मुस्लिमलाई विभेद गर्दै गरेको भन्दै सो समूहको समर्थन तान्ने प्रयास गरिरहेको छ । त्यसैगरी कोभिड–१८ का कारण धेरै युवाहरु बेरोजगार भएर घर फर्केको र सरकारले बिहारमा बाढीको व्यवस्थापन गर्न नसकेको विषयलाई पनि विपक्षीले ठूलो चुनावी एजेण्डा बनाइरहेको छ ।

जातीय फ्याक्टर

अन्य राज्यहरुमा झैं बिहारको निर्वाचनमा पनि जातिय फ्याक्टर एकदमै महत्वपूर्ण रहेको छ । त्यहाँ रहेका प्रमुख जाति ब्राह्मण, भुमिहार, कायस्थको भोट झण्डै १७.२ प्रतिशत रहेको छ । यादव मतदाताको संख्या १४ं.४ प्रतिशत, मुस्लिम मतदाताको संख्या १४.७ प्रतिशत रहेको छ । त्यसैगरी दलितको १४.२ प्रतिशत, वैश्य ७.१ प्रतिशत, कोरिस ६.४ प्रतिशत र आदिवासीको संख्या १.५ प्रतिशत रहेको छ । उत्तर प्रदेश, बिहारलगायतका भारतका धेरैै प्रदेशहरुमा जातले महत्वपूर्ण भूमिका खेल्ने गरेको छ, किनकि केही निश्चित पार्टीहरुले निश्चित जातमा प्रभुत्व जमाउने गरेका छन् । भाजपाको माथिल्लो जात र केही पिछडिएको वर्गमा राम्रो होल्ड छ ।

४० वर्षपछि लालु यादवलाई मिस गर्दैछन् मतदाताले

विहारको निर्वाचनमा ४० वर्षपछि लालु यादव चुनावी सभाहरुमा सक्रिय छैनन् । कारण हो– सन् २०१८ देखि भ्रष्टाचारको आरोपमा उनी जेलमा रहेका छन् । उनले पार्टी र निर्वाचनको जिम्मेवारी आफ्ना छोरा तेजस्वी यादवलाई दिएका छन् । ७२ वर्षीय लालु यादव यतिवेला चार वर्षे लामो जेलमा छन् । सन् १९७७ मा पहिलोपटक लालु यादव सांसद बनेका छन् र उनी विहारको निर्वाचनमा एक परिचित र प्रभावशाली व्यक्ति हुन् । यस अगाडि सन् २०१९ को लोकसभा निर्वाचमा पनि उनी प्रचार प्रसारमा सहभागी थिएनन् । यसपालि उनका छोराले ‘नयाँ सोच, नयाँ बिहार’ नारा तय गरेर निर्वाचन प्रचार गरिरहेका छन् । सन् १९९७ मा जतिबेला उनले राष्ट्रिय जनता दलको निर्माण गरे त्यसपछि पहिलोपटक बिहार निर्वाचनको पोष्टरमा लालु यादवको फोटो छैन ।

कस्तो थियो पहिलेको नतिजा ?

सन् २०१५ को निर्वाचनमा भारतीय जनता पार्टीले राम विलास पासवानको एलजेपी, उपेन्द्र कुशुहवाको आरएलएसी र अन्य साना दलको एलायन्स बनेको थियो । भाजपाको एलायन्सलाई नीतिश कुमारको जेडीयु र लालु यादवको आरजेडी र काङ्ग्रेसको महागठबन्धन बनेको थियो । सो निर्वाचमा जेडियुले ७१ र आरजेडीले ८० सिट जितेका थिए । भाजपाले ५३ सिट र एलजेपीले दुई सिटमात्र जितेको थियो ।

सन् २००५ देखि २०१८ को वीचमा बिहारमा तीनवटा विधानसभा निर्वाचन र तीनवटा संसदस्य निर्वाचन भएका छन् । यी ६ वटा निर्वाचनमा भाजपा र जनता दल युनाइटेडको वीचमा चारपटक चुनावी एलाइन्स बनेको छ । उनीहरुको वीचमा २००५ र २०१० को विधानसभा निर्वाचन र सन् २००९ र सन् २०१९ को लोकसभा निर्वाचनमा सहकार्य भएको थियो ।

विगतका तीनवटै विधान सभा निर्वाचनमा नीतिश कुमार विजयी भएका छन् भने यसवीचमा बिहारमा भएका तीनवटामध्ये २ वटा विधानसभा निर्वाचन एनडीएले जितेको इतिहास छ । तर, सन् २०१७ मा नीतिश कुमार एनडीएमा सहभागी भएपछि बिहारको राजनीतिमा धेरै परिवर्तन आएको छ । सन् २०१५ को विधान सभा निर्वाचनमा प्रतिस्पर्धीको रुपमा रहेको भाजपाको समर्थनमा नै उनी चौथो कार्यकालका लागि मुख्यमन्त्री बन्न लागेका छन् । सन् २०१९ मा भएको लोकसभा निर्वाचनमा बिहारमा एनडीएले ४० सिट जितेको थियो भने कंग्रेसले एक सिट मात्र जितेको थियो ।

फेरि नीतिश कुमार ?

बिहारको विधानसभा निर्वाचन एनडिए जित्ने सम्भावना बढी रहेको छ । चुनावी सभामा भाजपाका नेताहरुले पुन एनडीएले निर्वाचन जित्ने र नीतिश कुमार पुनः मुख्यमन्त्री बन्ने घोषणा गरिसकेका छन् । बिहारमा नीतिश कुमारले १५ वर्षसम्म शासन गरिसकेका छन् । उनी पहिलोपटक सन् २००० मा पहिलोपटक मुख्यमन्त्री बनेका थिए ।

गत वर्षको लोकसभाको निर्वाचनलाई आधार बनाउने हो भने एनडीएले निर्वाचन पुनः जित्ने र नीतिश कुमार मुख्यमन्त्री बन्ने सम्भावना एकदमै प्रवल रहेको भारतीयहरुको विश्लेषण छ । त्यसमाथि देशव्यापी प्रभाव जमाएको भाजपासँग उनले एलायन्स बनाइरहेका छन् । विभिन्न सर्भेहरुले एनडीएले १६० भन्दा बढी सिट जित्ने प्रक्षेपण गरेका छन् ।

मतदाता सामु अहिले उनले भनिरहेका छन, १५ वर्ष भर्सेस १५ वर्ष अर्थात उनको १५ वर्ष र लालु यादव र राब्रीदेवीको १५ वर्षलाई तुलना गर्न भनेका छन् । उनी अहिले ६९ वर्षका भएका छन् । विशेषतः लालु यादवको कार्यकालमा विहारमा एकदमै भ्रष्टाचार बढेको र शान्ति सुरक्षामा गम्भीर समस्या आएको थियो । नीतिश कुमारले आफू आउनासाथ त्यसमा केही सुधार गरेका छन् । उनको कार्यकाललाई सकारात्मक मानिएको छ ।

अनलाइन खवरको सहयोगमा



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

13 hours ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

17 hours ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

17 hours ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

17 hours ago
चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण
एस.पी. खबर विशेष

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

18 hours ago
गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद
अन्तर्राष्ट्रिय

गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद

19 hours ago
चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ
एस.पी. खबर विशेष

चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ

2 days ago
जनमत पार्टीको धनुषा जिल्ला ईन्चार्जमा मण्डल
एस.पी. खबर विशेष

जनमत पार्टीको धनुषा जिल्ला ईन्चार्जमा मण्डल

3 days ago
जसपा अध्यक्ष उपेन्द्र यादवको बारा २ चुनाव प्रचार प्रसार तिब्र
एस.पी. खबर विशेष

जसपा अध्यक्ष उपेन्द्र यादवको बारा २ चुनाव प्रचार प्रसार तिब्र

3 days ago
नेपाली कांग्रेसको सहयात्रा जनजनको लागि पदयात्रा महोतरीमा प्रारम्भ
एस.पी. खबर विशेष

नेपाली कांग्रेसको सहयात्रा जनजनको लागि पदयात्रा महोतरीमा प्रारम्भ

3 days ago

ताजा समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy