एजेन्सी
भदौ १५ : भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा थिए। उनको सोमबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ८४ बर्षको उमेरमा उनले आज अन्तिम साँस लिएका हुन् ।
प्रणब मुखर्जी कोरोना भाइरस पोजिटिभ पाइएको थियो । उनलाई केही दिन अगाडी मात्र ब्रेन सर्जरी समेत गरिएको थियो । ईस्वी सँम्बत २०१२ मा उनी देशको राष्ट्रपति बनेका थिए । २०१७ सम्म आफ्नो कार्यकाल सम्हालेका मुखर्जी २०१९ मा भारत रत्नबाट समेत विभुष्ति भएका थिए ।
प्रणब मुखर्जीको खराब स्वास्थ्यको कारण गत १० अगस्तमा दिल्लीको आरआर अस्पतालमा भर्ती गरिएको थियो । मस्तिष्कमा रगत जमेपछि सर्जरी गरिएको थियो । उनको निधनप्रति दुखः व्यक्त गर्दै भारतीय प्रधानमंत्री नरेंद्र मोदीले मुखर्जीको निधनले पुरै देश दुःखी रहेको बताएका छन् । उनले प्रणव मुखर्जी एउटा स्टेट्समैन रहेका बताएका छन् ।
राजनीतिक क्षेत्र र सामाजिक क्षेत्रको हरेक क्षेत्रमा सेवा गरेको र उनले आफ्नो राजनीतिक करियरमा आर्थिक तथा सामरिक क्षेत्रमा योगदान दिएको बताए ।