एजेन्सी
भदौ १ : कोरोना महामारीका कारण करिव ५ महिना देखि बन्द रहेको भारतको प्रसिद्व शक्तिपीठ माँ वैष्णोदेवी दरबारमा पुनः यात्रा र दर्शन सुरु भएको छ । जम्मु कश्मिर सरकारले सुरक्षा सर्तकता र नियम लगाएर मन्दिरमा दर्शनको व्यवस्था मिलाएको छ । यद्यपि भक्तजनहरुले भने कुनै पनि मुर्ती र धार्मिक ग्रन्थहरु भने छुन पाउने छैनन ।
प्रत्येक दिन अधिकतल ५ हजारले मात्र मन्दिरको यात्रा र दर्शन गर्न पाउने छन जस्मा ५ सयजना मात्र ति राज्य वाहिरका हुनेछन् । यो नियम ३० डिसेम्वर सम्म लागु रहने छ । मन्दिरको निरन्तर सेनिटाइज सहित सम्पुर्ण सुरक्षा सर्तकता अपनाउदै भारतमै सवै भन्दा बढी भक्तजन पुग्ने धार्मिक स्थल (शक्तिपीठ) माँ वैष्णोदेवीको दरबार खोल्ने निर्णय गरेको हो । साथै राज्यका अन्य धार्मिक स्थल तथा मठमन्दिरहरु समेत खोल्ने निर्णय गरिएको छ । माँ वैष्णोदेवी दरबारको दर्शनयात्रा हिजो आइतवार देखि नै सुरु भइसकेको छ ।
माता वैष्णो देवी श्राइन बोर्डका मुख्य कार्यकारी अधिकारी रमेश कुमारका अनुसार यस यात्रामा शामिल हुनको लागि अनलाईन दर्ता गराउनु पर्ने छ । अन्य प्रदेश र जम्मू–कश्मीरको रेड जोन जिल्लाका व्यक्तिहरुले यात्रा गर्ने क्रममा कोरोना परिक्षणको निगेटिव रिपोर्ट समेत साथमै राख्नु पर्ने छ । यात्राका लागि दिल्ली–कटरा वंदे भारत एक्स्प्रेसको टिकट बुकिंग समेत शुरू भएको छ ।
तीर्थयात्रीको लागि मास्क, फेस कवर लगाउनु अनिवार्य हुन्छ भने सबैजनाको स्कयानिंग गरिनेछ । रमेश कुमारका अनुसार यात्रालाई सहज बनाउनको लागि ब्याट्रिवाट चल्ने साधन, यात्री रोपवे र हेलिकप्टर सेवामा सामाजिक दूरी पालन गर्नुपर्छ ।